मुम्बई / फिल्ममा अभिनय गरेको पारिश्रमिक लिन गएकी एक हिरोइन सामुहिक बलात्कारको सिकार बनेकी छिन् । मराठी फिल्ममा केही समयदेखि निरन्तर अभिनय गरिरहेकी हिरोइनलाई निर्देशकसहित ५ जनाले सामूहिक बलात्कार गरेका हुन् । यो घटनामा संलग्न एक जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
औरंगाबाद स्थानीय अपराध शाखा (ग्रामीण)का निरीक्षक कंचन कुमार चातेका अनुसार मुम्बईमा बस्दै आएकी बलात्कृत अभिनेत्रीले मराठी फिल्म ‘लहनपन’ मा काम गरेको पारिश्रमिक पाएकी थिइनन् ।
तर, निर्देशकले पैसा दिने भन्दै आफ्नो साथीकोमा पैसा लिन जान नायिकालाई आग्रह गरे । जब पीडित अभिनेत्री आफ्नो पारिश्रमिक लिन निर्देशकका साथीकहाँ गईन् तब उनीहरुले ५६ किलोमिटर टाढा पुर्याए । ४ साथीसँग मिलेर निर्देशकले उनको सामुहिक बलात्कार गरे ।
प्रहरीले घटनालाई पैठन पुलिसको जिम्मा लगाएको छ र घटनाको छानविन तथा अनुसन्धान चलिरहेको छ । प्रहरीका अनुसार गिरफ्तार गरिएका एक जना बलात्कारमा संलग्न गोविन्द चितलांगे हुन् । घटनामा संलग्न निर्देशकसहित चार आरोपी फरार छन् ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि