भन्सार छली गरेकाे ३० लाखको कपडासहित तीन पक्राउ

 

धरान/भन्सार छली गरेर भारतबाट ल्याएको करिव ३० लाख रुपैया बराबरको अवैद्य कपडासहित तीनजनालाई प्रहरीले बुधबार बिहानकाे राति पक्राउ गरेको छ ।

सुनसरीको नाकाबाट अवैद्य रुपमा भित्र्याउँदै गरेको साडी, कुर्ता, लेहेङ्गालगायतका कपडाहरु प्रहरीले बरामद गरेको हो । बरामद गरिएको सामग्रीसहित जिल्ला प्रहरी कार्यालय सुनसरीले बुधबार बिहान सार्वजनिक गरेको छ । जिल्ला प्रहरी र कोशी अञ्चल प्रहरी कार्यालयबाट खटिएको टोलीले उक्त कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रविण धितालले जानकारी दिए ।
उनका अनुसार जिल्लाका इनिस्पेक्टर निर्मल पनेरु र अञ्चलका इनिस्पेक्टर ऋषीराज ढकालको कमान्डमा खटिएको टोलीले बर्जुगाउपालिका १ का लक्ष्मी कामतको घरमा लुकाइछिपाइ राखेको अवस्थामा तीनजनासहित सामग्री बरामद् गरेको हो । पक्राउ पर्नेमा कामतसहित सोही ठाउँका अनिल गञ्चछार, र हरिनारयण राय रहेका छन् । उनीहरुले प्रयोग गरेको तीनवटा मोटरसाइकलसमेत बरामद गरेको छ । जसमा को ५ प ६५४०, बा ९ प ७२०४, र को ४ प ३२८४ नम्बरका मोटरसाइकल रहेको प्रवक्ता धितालले बताए ।
उनीहरुले लुकाइ राखेको अवस्थामा २२ वटा पोका पारेको अवस्थामा बरामद गरिएको थियो । उक्त सामग्रीहरु भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि