११ साउन, दुबई (युएई) । दङ्गा, चोरी, र विद्रोही गतिविधि गरेको आरोपमा पक्राउ परेका १४ जना साउदी नागरिकलाई अत्यन्त गैरन्यायिक सामुहिक कारबाही अन्तर्गत निकट भविष्यमा मृत्युदण्ड दिन लागिएको एम्नेष्टी इन्टरनेशनलले मङ्गलबार जनाएको छ ।
एम्नेष्टीले जनाए अनुसार गत आइतबार मात्रै १५ जना अन्य साउदी नागरिक विरुद्ध इरानी मुश्लिम सियालाई सघाउनका लागि जासुसी गरेको आरोपमा मृत्युदण्डको सजाँए तोकिएको थियो ।
साउदी अरबमा विश्वका केही मुलुकमध्ये मृत्युदण्डको दर बढी रहेको छ ।
अतिरूढीवादी मुश्लिमराज्य साउदी अरबमा यस बर्षमात्र ६६ जनालाई विभिन्न अभियोग लगाई मृत्युदण्ड दिइएको लण्डनस्थित मानव अधिकारवादी संस्थाले जनाएको छ ।
“अरबको सर्वोच्च अदालतले मृत्युदण्डको सजाँय तोकेका १४ जनालाई यहाँको राजनैतिक नेतृत्व विरुद्ध शसस्त्र विद्रोह गरेको र विभिन्न दङ्गा तथा चोरी प्रकरणमा सामेल भएको फैसलामा छ,” एम्नेष्टीले बताएको छ ।
“उनीहरूलाई साउदी राजा सलमानको हस्ताक्षरपछि मृत्युदण्ड दिइने कानूनी प्रावधान रहेको छ,” मध्यपूर्वका एम्नेष्टी इन्टरनेशनलका समाह हदिदले बताए ।
उनले अदालतको फैसलालाई “अदालतको झूटा प्रक्रिया बताउदै यसले अन्तर्राष्ट्रिय न्यायिक सुनुवाईको मापदण्डमाथिको उपहास” को संज्ञा दिएका छन । “यो राजनैतिक रुपमा फरक विचार राख्ने तथा प्रतिपक्षिमाथिको आक्रमण” भएको जनाइएको छ । रासस
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित