भवन भत्किँदा ६ जनाको मृत्यु,३० जना पुरिए

१० साउन,मुम्बई : भारतको आर्थिक राजधानी मुम्बईमा मङ्गलबार एक पाँच तले भवन भत्किदा ६ जनाको मृत्यु भएको छ भने ३० जना पुरिएको आशंका गरिएको छ । यस घटनाबाट नौ व्यक्तिलाई उद्धार गरिएको र भवन भग्नावशेषमा पुरिएर दर्जनौ व्यक्ति रहेका उद्धारकर्ताले आशङ्का गरेका छन् ।

house_collapsed-59773133d98cc7.81174717अग्नी नियन्त्रक कार्यायलका एक अधिकारीका अनुसार यस घटनाको उद्वारकार्य लगातार जारी रहेको र करिब तीन दर्जन व्यक्ति अझै भवन भग्नावशेषमा पुरिएका छन् । यस घटनामा उद्वार गरिएका नौ व्यक्तिलाई उपचारको लागि अस्पताल भर्ना गरिएको बताइएको छ।

यो भवन केकति कारण भवन भत्किँएको हो सो कारण हाल पत्ता लागेको छैन। मुम्बइको घाटकोपार क्षेत्र रहेको सो पाँच तल्ले भवन भत्किएको थियो । भारतमा भवन भत्किँनु एक साधारण घटनाका रुपमा रहेको छ । बारम्बार यस्तो घटना भइरहेको पाइन्छ ।

सन् २०१३ मा मुम्बईमा गैरकानूनीरुपमा निर्माण भएको एक भवन भत्किँदा ७४ व्यक्तिको मृत्यु भएको थियो । यसलाई एक दशकभित्रको नै खराव घटनाको रुपमा लिइएको थियो । 
रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित