पाकिस्तानको लाहोरमा हमला, २६ को मृत्यु, ४९ जना घाइते

१० साउन, इस्लामाबाद । पाकिस्तानको पूर्वी क्षेत्रमा पर्ने लाहोरमा भएको आत्मघाती विष्फोटनमा परी सोमबार कम्तीमा २६ जनाको मृत्यु भएको छ ।

Pakistan-bomb-blastघटनामा अन्य ४९ जनाभन्दा बढी घाइते भएको स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । स्थानीय सञ्चारमाध्यमहरूले स्थानीय समयअनुसार दिउँसो ४ बजेतिर विष्फोटन भएको समाचार दिएका छन् ।

पञ्जाव प्रान्तको राजधानी लाहोरको एउटा तरकारी बजार नजिकै सुरक्षाकर्मीहरूलाई लक्षित गरी विष्फोटन भएको थियो । विष्फोटनमा परी कम्तीमा चार जना प्रहरीको मृत्यु भएको र अन्य केही घाइते भएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।

घटनास्थलका केही भवनहरू, १० वटा मोटरसाइकल र एउटा सवारी साधन पनि विष्फोटनका कारण ध्वस्त भएका छन् । सुरक्षाकर्मी र उद्धारकर्ताहरूले घटनास्थलमा धेरै जनालाई उद्धार गरेका थिए । उनीहरूलाई विभिन्न अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको छ ।

घाइतेमध्ये सिकिस्त घाइतेलाई लाहोर अस्पतालमा उपचार गराइएको छ । अस्पतालहरूले दिएको जानकारीअनुसार सात जना गम्भीर घाइते भएका छन् ।

पञ्जाव प्रान्तका मुख्य मन्त्री शाहबाज शरिफले घटनाको भत्सर्ना गर्दै घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन । पछिल्लो समाचारअनुसार घटनाको जिम्मेबारी पाकिस्तान तालिवान समूहले लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित