July 21, 2017

सिंगापुरविरुद्ध नेपाल २२ रनले विजयी

६ साउन, काठमाडौं । १९ वर्ष मुनीको आइसीसी विश्वकप क्रिकेट छनौटमा नेपालले सिंगापुरविरुद्ध २२ रनको कठिन जित दर्ता गरेको छ । पहिलो खेलमा सजिलै ४ विकेटले हराएको घरेलु टोलीलाई आज हराउन नेपाललाई निकै हम्मे पर्यो ।

nepal-u-19

नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुर ४६ दशमलब ५ ओभरमा १ सय ४६ रनमा अलआउट भयो । नेपालका कप्तान सन्दिप लामिछानेले ४ विकेट लिए भने पवन सर्राफ र किशोर महतोले दुई दुई र दीपेन्द्र सिंह ऐरीले एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाल पनि ४६ दशमलब ५ ओभरमा १ सय ६८ रनमा अलआउट भएको थियो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ रन बनाए भने सन्दिप सुनारले २६ र प्रकाश केसीले २३ रनको योगदान गरे ।

डबल राउण्ड रोबिन लिगका आधारमा भइरहेको प्रतियोगितामा नेपाल हिजो अफगानिस्तानसँग भने १ सय ४१ रनले पराजित भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।