विश्वका पाँच चर्चित कम्पनीको चकित पारिदिने कमाई !

के तपाईंलाई थाहा छ, संसारका ठूला कम्पनीले १ सेकेन्डमा कति कमाई गर्दछन् ? आज हामी तपाईंलाई फेसबुक, गुगललगायतका पाँच कम्पनीले हरेक सेकेन्ड कति कमाई गर्छन् भन्ने बारे जानकारी दिँदैछौं ।

apple-iphone-7-gallery-img-3

 फेसबुकः

संसारभरी फेसबुकका दुई अर्बभन्दा बढि प्रयोगतकर्ता छन् । फेसबुक एउटा सानो कोठाबाट सुरु भएको स्टार्टअप थियो जसले आज अरबौंको कमाई गरिरहेको छ । फेसबुकको प्रतिसेकेन्ड कमाई ८१ डलर हो अर्थात् ८ हजार रुपैयाँ भन्दा बढिको कमाई गर्दछ ।

 गूगलः

यो सूचीको चौथो स्थानमा गूगल छ । संसारको सबैभन्दा ठूलो सर्च इन्जिन गूगलको कमाई ६ सय ५८ डलर अर्थात् ६७ हजार रुपैयाँभन्दा बढि रहेको छ ।

 माइक्रोसफ्टः

सूचीको तेस्रो स्थानमा अमेरिकाको कम्पनी माइक्रोसफ्ट रहेको छ । माइक्रोसफ्ट संसारभरी आफ्नो अपरेटिङ सिस्टम सप्लाई गर्दछ । माइक्रोसफ्टको प्रति सेकेन्ड कमाई १ हजार १ सय ७० डलर हो अर्थात् १ लाख २० हजार नेपाली रुपैयाँ ।

 सामसङः

शीर्ष पाँचको सूचीमा एक मात्र गैर अमेरिकी कम्पनी रहेको छ – सामसङ । दक्षिण कोरियाली यो कम्पनी मोबाइल फोन, होम अप्लाइन्स, फ्रिज, वासिङ मेसिन आदि बनाउनुका साथै डिफेन्स सेक्टरका लागि पनि काम गर्दछ । केही समय अघि सामसङले भारतको टाटासँग तोप बनाउने सम्झौता गरेको छ । सामसङको प्रति सेकेन्डको कमाई १ हजार ६ सय ४० डलर रहेको छ जुन नेपाली रुपैयाँ १ लाख ६९ हजार रहेको छ ।

 एप्पलः

सूचीको पहिलो स्थानमा अमेरिकाको चर्चित कम्पनी एप्पल रहेको छ । एप्पल संसारभरी आइफोन र म्याक अपरेटिङ सिस्टम सप्लाई गर्दछ । यो कम्पनीको उत्पादन आफैंमा निकै विशेष हुने गर्दछ । कम्पनीको प्रति सेकेन्ड कमाई १ हजार ९ सय ९७ डलर रहेको छ जुन २ लाख रुपैयाँ बढि ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सामाजिक सद्भाव खल्बल्याउँदैछः आइजीपी कार्की

काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब