४ साउन,एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेलाई लक्षित गरी आक्रमण भएको छ । उनको सवारीलाई लक्षित गरी भएको आक्रमणमा उनका अंगरक्षक गम्भीर घाइते भएका छन् । राष्ट्रपतिलाई नै लक्षित गरी आक्रमण गरिएपनि गाडीको लामो लस्करको निकै पछि रहेकाले उनी जोगिएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन्
फिलिपिन्सका माओवादी विद्रोहीले आक्रमण गरेका गृह मन्त्रालयले जानकारी दिएको छ । फिलिपिन्सको दक्षिणी मिन्डानाओ टापू नजिकको राजमार्गमा उनको सवारीका लागि ठूलो सङ्ख्यामा सवारी खटाइएको थियो ।
हमलाकारीले राष्ट्रपति रहेको अनुमान गरी ती सवारीमध्येको एक सवारी साधनमा हमला गरेका थिए । फिलिपिन्समा लामो समयदेखि सशस्त्र हिंसा मच्चाइरहेको माओवादी विद्रोही समूहले हालैमात्र सरकारले सुरु गरेको सैनिक शासनको विरोध गरिरहेका थिए ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि