४ साउन,एजेन्सी । भुटानको सीमा क्षेत्रमा उत्पन्न तनावका कारण भारत र चीनबीचको सम्बन्ध युद्धोन्मुख भएको छ । यदि चीनले युद्ध थालिहाल्यो भने ? भारतमा यो प्रश्नको उत्तर खोज्ने काम सुरु भइसकेको छ । चीनले जसरी आफूलाई बिस्तार गरिरहेको छ त्यसको सामना गर्न भारतको तयारी के छ ? लोकसभा बैठकमा नेता मुलायम सिंहले भने, चीनले भारतमाथि आक्रमण गर्ने तयारी गरिसकेको छ ।

यदि चीन र भारतका बीच युद्ध भयो भने अमेरिका र जापानले भारतलाई कतिसम्म सहयोग गर्लान् ? यदि अमेरिकाले भारतलाई साथ दियो भने के दुई देशबीच युद्धको संभावित परिणाम मूल रुपमा परिवर्तन होला ? यस्ताखाले प्रश्नमाथि भारतमा मात्रै होइन चीनियाँ मिडियामा पनि माथापच्ची चलिरहेको छ ।
यतिबेला आर्थिक शक्ति राष्ट्र चीनको बिस्तार चौतर्फी चलिरहेको छ । सडक सञ्जाल देखि रेल्वे विस्तारमा चीनले द्रुतगतिमा काम गरिरहेको छ । भारतीय उपमहाद्विपमा चीन ठूलो नौसैनिक शक्तिका रुपमा अगाडि आएको छ । साउथ चाइना मर्निङ पोष्टले लेखेको छ, ‘यसले युरोप र एशियाको भूराजनीतिक अवस्थामा परिवर्तको पूर्ण महशुस दिलाइरहेको छ ।
चीनको ताकतका बारेमा अमेरिकी कदमलाई पनि महशुस गर्न सकिन्छ, राष्ट्रपति ट्रम्प आइसकेपछि पनि अमेरिका एक चीन नीति विरुद्ध उत्रन सकेको छैन ।’ सन् २००८ पछि हिन्द महासागरमा चीनियाँ नौसैनिकको प्रभाव लगातार बढ्दै गएको छ ।
चीन र पाकिस्तानको बीचमा रहेको सामरिक सहयोग कसैसँग लुकेको छैन । चाइना–पाकिस्तान आर्थिक करिडोरबाट पाकिस्तान आफ्नो अर्थव्यवस्थाका कायापलट गर्न चाहन्छ । यसका साथै चीन भुटानमा भारतको दबदबा अन्त्य गर्न पनि चाहन्छ ।
नेपाल र चीन बीचको बढ्दो सम्बन्ध पनि भारतको चिन्ता बढाएको छ । चीनले आफ्नो प्रभाव बढाउँदै लगेकाले अमेरिका, जापान र भारत नजिकिएको पनि चाइना मर्निङ पोष्टको रिपोर्टमा उल्लेख छ । रिपोर्टमा अगाडि भनिएको छ, भारनत तत्काल कमजोर अवस्थामा छ । जापानजस्तो भारत अमेरिकाबाट संरक्षित होइन । भारत सामरिक स्वायत्ततामाथि जोड दिइरहेको छ । भारतविरुद्ध चीन कारवाहीमा उत्रियो भने अमेरिकाले तत्काल भारतलाई साथ दिँदैन तर विरोध मात्रै जनाउन सक्छ भन्ने चीनको विश्लेषण छ । भारतीय आर्मीको आधुनीकीकरण एकदमै सुस्त छ ।
सैन्य ताकतको हिसाब गर्ने हो भने भारत भन्दा चीन धेरै गुना अगाडि छ । भारत अमेरिका र चीनको सहयोग लिएर सेनालाई आधुनीकीकरण गराउँदैछ । ग्लोबल टाइम्सले लेखेको छ, भारतले यसपटक चीनको संप्रभुताको गम्भीर उल्लंघन गरेको छ ।चीनले यस मामिलामा गम्भीरढंगले सोच्ने र तयार रहनु आवश्यक छ । भारत चीनको ध्यान विकासबाट अन्यत्रै भट्काउन चाहन्छ भन्ने पनि आशंका गर्न सकिन्छ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित