एजेन्सी ,लण्डन – दक्षिण अफ्रिकाविरुद्ध २ विकेटको रोमाञ्चक जीत हासिल गर्दै इंग्ल्याण्ड महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।दक्षिण अफ्रिकाले प्रस्तुत गरेको २ सय १९ रनको लक्ष्य इंग्ल्याण्डले २ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्याएको हो ।
इंग्ल्याण्डलाई लक्ष्यका पार पुर्याउन अलराउण्डर जेनी गनले २७ बलमा २७ रन बनाइन् ।त्यस्तै म्यान अफ द म्याच घोषित विकेट किपर शारा टेलरले सर्वाधिक ५४ रनको योगदान दिइन् भने कप्तन हेदर नाइट र फ्रान विल्सनले समान ३०–३० रनको योगदान दिइन् ।दक्षिण अफ्रिकाका लागि सुन लुस र आयाबोङ्गा खाकाले २–२ विकेट लिए ।यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय १८ रन बनाएको थियो ।मिगनन डु प्रिजले सर्वाधिक ७६ रन बनाइन्् भने ओपनर लाउरा वोल्भार्डटले ६६ रनको योगदान दिएकी थिइन् ।
अब दोस्रो सेमिफाइनलमा भारत र अस्ट्रेलिया विहिबार एकअर्काको सामना गर्ने छन् ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि