काठमाडौं महानगरमा तिलगंगादेखि कलंकीसम्म स्कोई रेल

 ३ साउन, काठमाडौं । साइमेक्स इंक कम्पनीले काठमाडौंमा स्काई रेलको सञ्चालन गर्न सकिने निष्कर्षसहितको रिपोर्ट काठमाडौं महानगरपालिकालाई बुझाएको छ ।साइमेक्सले पहिलो चरणमा तिलगंगादेखि कलंकीसम्म स्कोई रेल सञ्चालनको प्रस्ताव गरेको छ । यसको रुट तिलगंगाबाट सुरु भएर एरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माइतीघर, शहीदगेट, त्रिपुरेश्वर, कालिमाटी, रविभवन हुँदै कलंकीसम्म हुनेछ ।काठमाडौंमा स्काई रेलको सम्भाव्यता अध्ययन गर्न जिम्मा पाएको साइमेक्स इंक कम्पनीले मंगलबार काठमाडौं महानगरपालिकालाई आफ्नो प्रारम्भिक रिपोर्ट बुझाएको हो ।sky-rail-airport

साथै भविश्यमा यो रुटलाई कीर्तिपुरसम्म लम्ब्याउने सकिने साइमेक्सको रिपोर्टले देखाएको छ ।

प्रस्तावित रूट

यस्तै महाराजगञ्ज नारायणगोपाल चोकबाट रत्नपार्क, सातदोबाटो गोदावरीसम्म स्काई रेल चलाउन सकिने रिपोर्टमा उल्लेख छ । साथै चक्रपथ परिक्रमाको रुटमा पनि स्काई रेल सञ्चालन गर्न सकिने अध्ययनले देखानएको साइमेक्स इंक कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सामान्यतया १० किलोमिटर दुरीको लिक बनाउन ३० करोड अमेरिकी डलर खर्च लाग्छ र निर्माण सक्न २ वर्ष समय चाहिन्छ ।

मेट्रो रेलको तुलनामा स्काई रेल सञ्चालनका लागि २० प्रतिशत रकम कम लाग्ने कम्पनीको दाबी छ । रेलको एउटा डिब्बामा २०० जना यात्रु अट्न सक्ने साथै एउटा रेलमा ८ वटासम्म डिब्बा जोड्न सकिन्छ ।

प्रस्तावित रूट २

तर, काठमाडौं महानगरपालिकामा सञ्चालन गरिने रेलमा भने ३ वटा डिब्बा मात्र जोड्न सकिने अध्ययनले देखाएको छ ।

प्रतिवेदन बुझ्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ललितपुर महानगर र काठमाडौंका छिमेकी नगरहरुसँग समन्वय गरेर उपयुक्त प्रस्ताव अघि बढाइने बताएका छन् ।

साइमेक्सका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले परियोजनाको लागत लगायत अन्य विवरण विस्तृत परियोजना प्रतिवेदनमा मात्र थाहा हुने बताए । विस्तृत प्रतिवेदनले स्टेशनको संख्या, सडक संरचना, लागतलगायतका विषय निर्धारण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सामाजिक सद्भाव खल्बल्याउँदैछः आइजीपी कार्की

काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब