स्कुले नानीहरुका लागि गज्जबको साइकल बस

काठमाडौँ, साउन ३,पढाइ दुई किसिमको हुन्छ।पहिलो स्कुलमा गएर शिक्षकको निगरानीमा किताब पढ्ने, दोस्रो खुला आकाशमुनि जीवनबाट पाठ सिक्ने। नेदरल्याण्ड्सले दोस्रो शिक्षा पद्धतिमा जोड दिन्छ। र, यसको सुरुआत गराउँछ विद्यार्थी घरबाट निस्केदेखि।अधिकांश देशमा सबै जसो स्कुलले विद्यार्थीलाई ल्याउन र पुर्याउन आफैं गाडीको बन्दोबस्त गरेको हुन्छ। स्कुलको गाडी नचढ्ने केटाकेटी पनि अभिभावकको हात समातेर जान्छन्। नेदरल्याण्ड्सले भने यी दुवै छाडेर तेस्रो पद्धति अँगालेको छ। उसले नानीबाबुहरुलाई आफैं स्कुल आउनमा जोड दिन्छ, त्यो पनि साइकलको झैं पेडल चलाएर।bicycle-bus-453x266

नेदरल्याण्ड्सको यो कदमको उद्देश्य विश्वमै बढिरहेको इन्धनको मात्र नभएर बच्चाहरुको स्वास्थ्य समस्या पनि कम गर्नु हो। सबै बच्चाले पेडल चलाउन मिल्ने ‘बाइसाइकल बस’ वातावरणमैत्री हुनुका साथै बच्चाहरुमा हुने मोटोपन कम गर्न पनि उपयोगी सावित भइसकेको छ।नेदरल्याण्ड्समा छोटो दुरीको यात्रा गर्न साइकल निकै लोकप्रिय छ भने यसका लागि सुविधायुक्त बाटाहरु पनि निर्माण गरिदिएको छ सरकारले। अब भने स्कुले नानीहरुलाई साइकल चलाउने पद्धतिमा समावेश गराइदैँछ। चार वर्षदेखि १२ वर्ष उमेरसम्मका केटाकेटी आफैं पेडल चलाउँदै स्कुल आइजाइ गर्छन् बाइसाइकल बसमा।

बाइसाइकल बस १२ वर्ष उमेरसम्मका ११ जना केटोकटी बस्न मिल्ने गरी डिजाइन गरिएको छ। एक जना वयस्क चालकले उनीहरुलाई पेडल चलाउने काममा मद्दत गर्छन्। यदि धेरै केटाकेटी छैनन् वा पुग्नु पर्ने अन्तिम गन्तव्यसम्ममा कम भए र बस चलाउन गाह्रो हुने भएमा यसमा भएको विद्युतीय मोटरको सहायताले चलाउन सकिन्छ।

नेदरल्याण्ड्स, जर्मनी र बेल्जियममा करिब दुई दर्जनभन्दा बढी बाइसाइकल बस बेचिसकेको छ उत्पादक कम्पनी टोलकाम्प मेटालस्पेशल्सले। विश्वका अन्य देश पनि यसप्रति सकारात्मक भएका र दिनानुदिन माग बढिरहेको कम्पनीले जनाएको छ। नेदरल्याण्ड्सको यो प्रयास अन्य मुलुकले पनि सराहनीय मानेका छन्।करिब १६ लाख रुपैयाँ मूल्य पर्ने बाइसाइकल बस इन्धनबाट चल्ने गाडीभन्दा आधा नै कम खर्चिलो हुन्छ।सन् २०३० देखि डिजेल–पेट्रोल गाडीमा पूर्णरुपमा प्रतिबन्ध लगाउने घोषणा गरेको नेदरल्याण्ड्सले स्कुले केटाकेटीहरुबाटै साइकल चलाउने पद्धति सुरु गरेको हो। यो पद्धति विश्वमा चर्किएको इन्धन समस्याको विकल्प त भएको छ नै, साथमा केटाकेटीलाई सानैदेखि पछि आइपर्ने इन्धनका चुनौतिहरुको सामना गर्न पनि तयार गर्दैछ।अभिभावकसँग वा स्कुलको गाडीमा यसै बसेरभन्दा आफ्नै प्रयासमा यात्रा गराउने यो पद्धतिले केटाकेटीलाई आत्मनिर्भर बनाउँछ। उनीहरुको मानसिक–शारीरिक स्वास्थ्य र क्षमता विकासमा पनि यसको भूमिका महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सामाजिक सद्भाव खल्बल्याउँदैछः आइजीपी कार्की

काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब