एजेन्सी । अमेरिका विश्वको सबैभन्दा शक्तिशाली मुलुकमा गनिन्छ । अमेरिकाको नाम सुन्नासाथै सबैले त्यहाँको चमकधमक, पैसा र आरामदायक जीवनको कल्पना गर्ने गर्छन् । आफ्ना बच्चा एवम् परिवारलाई आरामदायी जीवन दिन सकिने, राम्रो शिक्षा, राम्रो स्वस्थ्य सेवा भएको देश अमेरिकाको सपना सबै मानिसहरु देख्छन् । तर अमेरिकाको यस छविलाई बिगार्ने तथ्यहरु पनि थुप्रै छन् जसलाई अमेरिका सधैँ सबैबाट लुकाइरएर राख्न चाहन्छ । यसमध्ये यी पाँच तथ्य निकै घातक मानिन्छन्:
अमेरिकाको सबै राज्यमा बच्चाहरुलाई तम्बाकूजन्य पदार्थको खरिद गर्न निषेध गरिएको छ । सबै राज्यमा त्यस्ता पदार्थहरु खरिद गर्न निश्चित उमेर पार गरेको हुनुपर्ने नियम छ । धेरैजसाे राज्यहरुमा १८ देखि १९ वर्षकाले मात्र खरिद गर्न पाउछन् भने क्यालिफोर्निया र हवाईमा चाहीँ २१ वर्षकालाई समेत खरिद गर्नमा रोक लगाइएको छ । तर आश्चर्यजनक कुरा के हो भने खरिद गर्न नदिइएपनि सेवन गर्न भने सबैलाई अनुमति दिइएको छ । यसको मतलब उमेर नपुगेका नाबालकले समेत आफ्नो मनमर्जीले जति पनि चुरोट पिउन सक्छन् ।
एक तिहाई भन्दा बढि अमेरिकीहरु मोटोपनाबाट ग्रसित छन् । ३५ प्रतिशत अमेरिकी नागरिकहरु मोटोपनाका कारण विभिन्न समस्या एवम् रोगहरुको शिकार भइरहेका छन् जसमध्ये पुरुषहरु सबैभन्दा अधिक सङ्ख्यामा पर्छन् । ७५ प्रतिशत पुरुषहरु अधिक तौल भएका कारण अस्वस्थ्य जीवन बाँचिरहेका छन् ।
१९६४ मा अमेरिकामा १० प्रतिशत बच्चाहरु घरवारविहिन थिए । विशेषगरी बञ्चित बच्चाहरुलाई गरिब घरहरुमा पालिने गरिन्थ्यो । तर त्यसबेला देखिको यो समस्या अझै पनि अमेरिकामा उत्तिकै बढ्दो दरमा छ । अहिले अमेरिकामा ३० प्रतिशत मानिसहरु सडकको पेटीमा सुत्न बाध्य छन् । घरबारविहिन यी मानिसहरु दिउँसोको समयमा मागेर खान्छन् भने राति सडकमै सुत्छन् । अमेरिकाको यो तितो सत्य अझै कतिपयलाई थाहा छैन । यसले त्यहाँका सबै मानिसहरु धनी र सुखी छैनन् भन्ने देखाउँछ।
अमेरिकामा भोका मानिसको सङ्ख्या बढ्दै गएको छ तर हरेक वर्ष १३६० किलो खानेकुरा फोहोरमा फ्याक्ने गरिन्छ । सुपरमार्केटबाट हेरक वर्ष ७५० मानिसको पेट भर्न सकिने जति खाना खेर फालिने गरिएको छ । त्यस्ता खानेकुराको उचित व्यवस्था हुन नसकेपछि भोकै बाँच्नबाध्य नागरिकहरुले फालिएको खाना हेरेरै चित्त बुझाउनु परिरहेको छ ।
अमेरिकामा पुलिसको हातबाट मारिनेको सङ्ख्या अत्याधिक रहेको छ । यो समस्याबारे पहिले त मानिसहरुले धेरै सोचेका थिएनन् तर २०१४ मा पुलिसको हातबाट ११०० मान्छेहरु मारिएपछि भने यो समस्या सबैका सामु आएको हो । हुन त अमेरिकामा धेरै जस्तो मानिसहरुलाई लाइसेन्स प्राप्त बन्दुक राख्ने अनुमति दिइएको हुन्छ । तर मानिसहरु चोर र गुण्डाबाट भन्दा पुलिसबाटै धेरै मारिने गरेका छन्
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि