अमेरिकाले लुकाउन खाेजेका पाँच तथ्यहरु

एजेन्सी । अमेरिका विश्वको सबैभन्दा शक्तिशाली मुलुकमा गनिन्छ । अमेरिकाको नाम सुन्नासाथै सबैले त्यहाँको चमकधमक, पैसा र आरामदायक जीवनको कल्पना गर्ने गर्छन् । आफ्ना बच्चा एवम् परिवारलाई आरामदायी जीवन दिन सकिने, राम्रो शिक्षा, राम्रो स्वस्थ्य सेवा भएको देश अमेरिकाको सपना सबै मानिसहरु देख्छन् । तर अमेरिकाको यस छविलाई बिगार्ने तथ्यहरु पनि थुप्रै छन् जसलाई अमेरिका सधैँ सबैबाट लुकाइरएर राख्न चाहन्छ । यसमध्ये यी पाँच तथ्य  निकै घातक मानिन्छन्:

अमेरिकाको सबै राज्यमा बच्चाहरुलाई तम्बाकूजन्य पदार्थको खरिद गर्न निषेध गरिएको छ । सबै राज्यमा त्यस्ता पदार्थहरु खरिद गर्न निश्चित उमेर पार गरेको हुनुपर्ने नियम छ । धेरैजसाे राज्यहरुमा १८ देखि १९ वर्षकाले मात्र खरिद गर्न पाउछन् भने क्यालिफोर्निया र हवाईमा चाहीँ २१ वर्षकालाई समेत खरिद गर्नमा रोक लगाइएको छ । तर आश्चर्यजनक कुरा के हो भने खरिद गर्न नदिइएपनि सेवन गर्न भने सबैलाई अनुमति दिइएको छ । यसको मतलब उमेर नपुगेका नाबालकले समेत आफ्नो मनमर्जीले जति पनि चुरोट पिउन सक्छन् ।

एक तिहाई भन्दा बढि अमेरिकीहरु मोटोपनाबाट ग्रसित छन् । ३५ प्रतिशत अमेरिकी नागरिकहरु मोटोपनाका कारण विभिन्न समस्या एवम् रोगहरुको शिकार भइरहेका छन् जसमध्ये पुरुषहरु सबैभन्दा अधिक सङ्ख्यामा पर्छन् । ७५ प्रतिशत पुरुषहरु अधिक तौल भएका कारण अस्वस्थ्य जीवन बाँचिरहेका छन् ।

१९६४ मा अमेरिकामा १० प्रतिशत बच्चाहरु घरवारविहिन थिए । विशेषगरी बञ्चित बच्चाहरुलाई गरिब घरहरुमा पालिने गरिन्थ्यो । तर त्यसबेला देखिको यो समस्या अझै पनि अमेरिकामा उत्तिकै बढ्दो दरमा छ । अहिले अमेरिकामा ३० प्रतिशत मानिसहरु सडकको पेटीमा सुत्न बाध्य छन् । घरबारविहिन यी मानिसहरु दिउँसोको समयमा मागेर खान्छन् भने राति सडकमै सुत्छन् । अमेरिकाको यो तितो सत्य अझै कतिपयलाई थाहा छैन ।  यसले  त्यहाँका सबै मानिसहरु धनी र सुखी छैनन् भन्ने देखाउँछ।

अमेरिकामा भोका मानिसको सङ्ख्या बढ्दै गएको छ तर हरेक वर्ष १३६० किलो खानेकुरा फोहोरमा फ्याक्ने गरिन्छ । सुपरमार्केटबाट हेरक वर्ष ७५० मानिसको पेट भर्न सकिने जति खाना खेर फालिने गरिएको छ । त्यस्ता खानेकुराको उचित व्यवस्था हुन नसकेपछि भोकै बाँच्नबाध्य नागरिकहरुले फालिएको खाना हेरेरै चित्त बुझाउनु परिरहेको छ ।

अमेरिकामा पुलिसको हातबाट मारिनेको सङ्ख्या अत्याधिक रहेको छ । यो समस्याबारे पहिले त मानिसहरुले धेरै सोचेका थिएनन् तर २०१४ मा पुलिसको हातबाट ११०० मान्छेहरु मारिएपछि भने यो समस्या सबैका सामु आएको हो । हुन त अमेरिकामा धेरै जस्तो मानिसहरुलाई लाइसेन्स प्राप्त बन्दुक राख्ने अनुमति दिइएको हुन्छ । तर मानिसहरु चोर र गुण्डाबाट भन्दा पुलिसबाटै धेरै मारिने गरेका छन् 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण

लुम्बिनीको तथ्य र सत्यको  विषयमा विश्वको ध्यान पुग्नु जरुरी: ओली

 २०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल