सेयर भर्न लाइन बस्नुपर्ने युगको अन्त्य

प्राथमिक सेयर भर्दा लामो लाइन बस्नुपर्ने युगको पूर्ण रुपमा अन्त्य भएको छ। नेपाल धितोपत्र बोर्डले नयाँ आर्थिक वर्षदेखि प्राथमिक सेयरमा आस्बा प्रणाली अनिवार्य गरेसँगै बिक्री प्रबन्धकले तोकेका केन्द्रमै गई लाइन बसेर आवेदन भर्नुपर्ने युग सकिएको हो।line

अब खुल्ने कम्पनीहरुको आइपीओ तथा एफपीओमा सेयर भर्दा आफ्नो खाता रहेको वाणिज्य वा विकास बैंकमार्फत सहज रुपमा भर्न सकिन्छ। आस्बा प्रणाली केही महिनाअघि नै लागू गरिए पनि अनिवार्य नहुँदा धेरैजसो साना लगानीकर्ताले लाइन बसेरै आवेदन भर्ने गरेका थिए। बाँडफाँड भइसकेपछि नपरेको सेयरको भुक्तानी लिनका लागि पनि लाइन नै बस्नुपर्ने बाध्यता थियो। नयाँ आर्थिक वर्षदेखि आस्बा अनिवार्य गरिएपछि भने यी सबै झन्झट अन्त्य भएका छन्।यस प्रणालीमा आफ्नो खाता रहेको वाणिज्य तथा विकास बैंकमा गई सेयर फारम भरेर आवेदन दिन सकिन्छ। आवेदन दिँदा जति रकमको सेयर माग गरिएको छ, सो रकम खातामै रोक्का हुन्छ। यदि खाता भएको बैंकमा सेयर आवेदनका लागि पुग्ने रकम नभएमा भने आवेदन नै रद्द हुन्छ।

बाँडफाँड भइसकेपछि नपरेको सेयरको रकम खातामै फुकुवा हुन्छ। आस्बा प्रणालीबाट सेयर भर्दा नागरिकताको प्रतिलिपी र फोटो पनि चाहिँदैन।नेपाल धितोपत्र बोर्डका उपनिर्देशक तथा सहप्रवक्ता निरञ्जर घिमिरेका अनुसार देशैभरका आवेदकका लागि आस्बा प्रणाली अनिवार्य भएको छ। ‘७५ वटै जिल्लामा बैंक तथा विकास बैंकहरुको शाखा पुगेकाले आस्बा प्रणाली सबै नागरिकको पहुँचमा पुगेको छ’ उनले भने।पहिले बिक्री प्रवन्धकले तोकेका निश्चित केन्द्रमै पुगेर आवेदन बुझाउनुपर्ने बाध्यता रहेकोमा अहिले २३ सय शाखामार्फत बुझाउन सकिने भएपछि लाइन बस्नुपर्ने युग अन्त्य भएको उनले बताए।

हाल सबै वाणिज्य र राष्ट्रियस्तरका विकास बैंकले आस्बा प्रणालीको स्वीकृत पाएका छन्। त्यस्तै फाइनान्स कम्पनीहरुलाई पनि आस्बा प्रणालीको अनुमति दिने काम बोर्डले अगाडि सारेको छ। ‘स्वीकृत पाएका बैंकहरुको शाखा संख्या ७५ वटै जिल्लामा २३ सयभन्दा बढी छ’ घिमिरेले भने ‘सेयर भर्न पहिलेभन्दा अब झनै सहज भएको छ।’आस्बा प्रणालीमार्फत सेयर भर्दा बैंकहरुले अधिकतम प्रतिफारम १ सय रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था छ। यद्यपि कतिपय बैंकले निशुल्क र कतिपयले एक सय रुपैयाँभन्दा कम शुल्कमै यो सेवा दिने गरेका छन्।

पालो अनलाइन प्रणालीको

आस्बा प्रणालीमार्फत आवेदन भर्दा खाता भएको सम्वन्धित बैंकसम्म पुग्नुपर्ने बाध्यता पनि घटाउने पहल भएको छ। नेपाल इन्भेष्टमेन्टसहित केही बैंकहरुले अनलाइनबाटै सेयर आवेदनको फारम बुझ्न थालेका छन्।

प्राथमिक सेयरमा अनलाइन प्रणालीको सुरुवात भएसँगै सम्वन्धित बैंकको वेबसाइटबाट फारम भरेर पठाउन सकिन्छ। यसरी फारम पठाइसकेपछि बैंकले रकम रोक्का गरी स्वीकृत भएको प्रमाणित पनि गरिदिन्छ। आस्बाको स्वीकृत पाएका सबै बैंकहरुले यो प्रणालीको विकास गर्न सकेमा प्राथमिक सेयर पनि लगानीकर्ताले घरमै बसेर भर्न पाउनेछन्।

२० दिनभित्रै बाँडफाँड
अब सेयरको निष्कासन बिक्री बन्द भएको २० दिनभित्रै बाँडफाँड हुने भएको छ। यसअघिसम्म २ महिनाभन्दा बढी समय लाग्ने गरेकोमा आस्बा प्रणाली अनिवार्य भएपछि चाँडो हुने भएको हो। पहिलेजस्तो बिक्री प्रबन्धकले चेक जम्मा गर्नुपर्ने, फारम रुजु गर्नुपर्नेजस्ता विविध झन्झट अन्त्य भएसँगै बाँडफाँडको अवधि पनि घटाइएको बोर्डले स्पष्ट पारेको छ।

१० ले भाग जाने संख्यामा मात्रै सेयर बाँडफाँड
अब बाँडफाँड हुने सेयरको संख्या १० ले भाग जाने संख्यामा मात्रै हुने भएको छ। अर्थात प्राथमिक सेयर पाउनेले कि १० कित्ता अर्थात पछाडिको अंक शून्य भएको संख्यामा मात्रै पाउने छन्। यसअघिसम्म १० भन्दा माथि (११ १२….१९) जतिसुकै संख्यामा पनि सेयर दिइँदै आएको थियो। यसबाट साना लगानीकर्तालाई फाइदा हुने र अत्याधिक रकम सेयरका लागि रोक्नुपर्ने अवस्था रहँदैन।

पुगेसम्म भर्नेजति सबैलाई सेयर 
खुलाइएको सेयर संख्या आवेदन भर्ने सबैलाई १० कित्ताका दरले पुग्ने भएमा कसैको हात रित्तो नहुने भएको छ। बाँकी रहेको सेयर पुनः सबैलाई १० कित्ताले पुगेमा सबैलाई १० का दरले थपिइन्छ। तर सबै आवेदकलाई १० कित्ताका दरले पनि नपुग्ने अवस्था भएमा भने गोलाप्रथाबाट दिइने छ।

तरलतामा प्राथमिक सेयरको प्रभाव हट्यो 
अरबौं रकम प्राथमिक सेयरका नाममा महिनौं थन्किने अवस्था अन्त्य भएको छ। प्रथमतः बैंकमै रकम रहिरहने, दोस्रो कुरा समानुपातिक रुपमा सेयर बाँडफाँड हुने भएपछि थोरै कित्ताका लागि धेरै रकमको माग गर्ने चलन हट्ने भएको छ।

१ करोड रकमको माग गर्ने र ५ हजार रुपैयाँको माग गर्ने दुवैले बराबर कित्ता सेयर पाउने भएपछि ठूलो रकमको माग गर्ने प्रचलन हट्ने बोर्डको विश्वास छ। यसबाट तरलतामा प्रभाव नरहने बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा