डर्बीमा भारतले दिएको २६६ रनको लक्ष्य न्युजिल्यान्ड २५ ओभर ३ बलमा मात्र ७९ रनमा समेटियो । न्युजिल्यान्डको लागि एमी सट्तेर्थ्विते २६ तथा एमेलिया केर र केटि मार्टिनले समान १२ – १२ रन जोड्नुबाहेक अन्य ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् । भारतकी राजेश्वरीले ५ तथा दिप्ती शर्माले २ विकेट लिईन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा २६५ रन बनाएको थियो । भारतको जितमा कप्तान मिथाली राजले १०९ रनको शतकीय पारी खेल्दा वेदा कृष्णामुर्थीले ७० रनको योगदान गरिन् । त्यस्तै हर्मनप्रित कौरले ६० रनको अर्धशतकीय पारी खेलिन् । न्युजिल्यान्डकी लेघ कासपरेकले ३ विकेट लिईन् ।
जितसँगै भारत ७ खेलबाट १० अंक सहित समूहको तेस्रो स्थानमा रहदै प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । अब भारतले फाइनल प्रवेशको लागि समूहको दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको विजेता अष्ट्रेलियाको सामना गर्ने छ । अष्ट्रेलियाले ७ खेलबाट १२ अंक जोडेको छ ।
यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरेको अष्ट्रेलियाले लिगको अन्तिम खेलमा शनिबार राती साउथ अफ्रीकालाई ५९ रनले पराजित गरेको थियो । अष्ट्रेलियाले दिएको २७० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २१० रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रिकाका लागि लौरा वोल्भार्टले ७१ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । अष्ट्रेलियाकी एलास पेरी, राचेल हयनेस र जेस जोनास्सेनले समान दुई दुई विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले ४८ ओभर ३ बलमा अलआउट हुदैँ २६९ रन बनाएको थियो । अष्ट्रेलियाको जितमा निकोल बोल्टनले ७९, एलास पेरीले ५५ तथा वेथ मोनीले ५३ रनको अर्धशतकीय पारी खेलेकी थिइन् । दक्षिण अफ्रिकाकी सूनी लूसले ५ विकेट लिईन् ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि