आईसीसी महिला विश्वकप क्रिकेट : सेमिफाइनमा भारत भर्सेज अष्ट्रेलिया

डर्बीमा भारतले दिएको २६६ रनको लक्ष्य न्युजिल्यान्ड २५ ओभर ३ बलमा मात्र ७९ रनमा समेटियो । न्युजिल्यान्डको लागि एमी सट्तेर्थ्विते २६ तथा एमेलिया केर र केटि मार्टिनले समान १२ – १२ रन जोड्नुबाहेक अन्य ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् । भारतकी राजेश्वरीले ५ तथा दिप्ती शर्माले २ विकेट लिईन् ।

20179649_1111486275619325_397237353_nयसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा २६५ रन बनाएको थियो । भारतको जितमा कप्तान मिथाली राजले १०९ रनको शतकीय पारी खेल्दा वेदा कृष्णामुर्थीले ७० रनको योगदान गरिन् । त्यस्तै हर्मनप्रित कौरले ६० रनको अर्धशतकीय पारी खेलिन् । न्युजिल्यान्डकी लेघ कासपरेकले ३ विकेट लिईन् ।

जितसँगै भारत ७ खेलबाट १० अंक सहित समूहको तेस्रो स्थानमा रहदै प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । अब भारतले फाइनल प्रवेशको लागि समूहको दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको विजेता अष्ट्रेलियाको सामना गर्ने छ । अष्ट्रेलियाले ७ खेलबाट १२ अंक जोडेको छ ।

यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरेको अष्ट्रेलियाले लिगको अन्तिम खेलमा शनिबार राती साउथ अफ्रीकालाई ५९ रनले पराजित गरेको थियो । अष्ट्रेलियाले दिएको २७० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २१० रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लागि लौरा वोल्भार्टले ७१ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । अष्ट्रेलियाकी एलास पेरी, राचेल हयनेस र जेस जोनास्सेनले समान दुई दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले ४८ ओभर ३ बलमा अलआउट हुदैँ २६९ रन बनाएको थियो । अष्ट्रेलियाको जितमा निकोल बोल्टनले ७९, एलास पेरीले ५५ तथा वेथ मोनीले ५३ रनको अर्धशतकीय पारी खेलेकी थिइन् । दक्षिण अफ्रिकाकी सूनी लूसले ५ विकेट लिईन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले