तेस्रो विश्व युद्धको तयारीमा रुस

nuclear

एजेन्सी, २८ असार । रुसले संभावित तेस्रो विश्व युद्धलाई ध्यानमा राख्दै अत्याधुनिक प्रकृतिको आणविक रेलमार्ग बनाउन सुरु गरेको छ । उक्त रेलमार्गबाट विश्वको कुनै पनि क्षेत्रमा हाइड्रोजन बम प्रहार गर्न सकिने बताइएको छ ।

 

मालसामान ढुवानी गर्ने रेलमार्ग जस्तो देखिने नयाँ रेलमार्गको नाम बार्गुजिन राखिएको मेट्रो समाचारले जनाएको छ । यो रेलमार्गमा चल्ने हरेक ट्रेनमा ६ वटा थर्मोन्युक्लियर क्षेप्यास्त्र प्रहार गर्ने क्षमता रहने छ । गोप्य रूपमा चल्ने यो मार्गलाई कुनै पनि आक्रमणबाट ध्वस्त गर्न नसकिने पनि जनाइएको छ ।

 

आणविक शक्ति सम्पन्न राष्ट्र रुसले ‘शैतान–२’ नामको खतरनाक क्षेप्यास्त्र बनाउने पनि बताएको छ । यो नयाँ क्षेप्यास्त्रले १० वटासम्म वारहेड बोक्न सक्ने छ जसले औसत क्षेत्रफलको कुनै पनि मुलुकलाई तहसनसह गर्न सक्छ । यो क्षेप्यास्त प्रति सेकेण्ड ७ किलोमिटरका दरले उड्न सक्ने छ । रुसका उप प्रधानमन्त्री डिमित्री रोगोजिनले नयाँ २ आणविक प्रणाली विकास गर्न लागेको रुसी पत्रिका प्राभ्डालाई जानकारी दिएका छन् । अमेरिकासँग तनाव बढ्दै गएका कारण यस्तो गर्न लागिएको उनले बताए ।

नयाँ आणविक प्रणालीले भविष्यमा हुने कुनै पनि युद्धबाट रुसलाई सुरक्षित राख्ने त्यहाका अधिकारीले बताएका छन् । तर पश्चिमा मुलुकले भने राष्ट्रिय सुरक्षाका नाममा रुसले तेस्रो विश्व युद्धको तयारी गरिरहेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित