मंगलबार बसेको बैठकमा ट्राफिक महानगरीय प्रहरी परिसर ललितपुर, वडा नम्बर ५,१२, १५ र १९ का अध्यक्ष, यातायात व्यवसायी तथा स्थानीय प्रतिनिधिहरुको सहभागिता थियो । बैठकले साउन १५ देखि बसपार्कलाई बसस्टपको रुपमा मात्र प्रयोग गर्ने निर्णय गरेको छ ।ललितपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाछेथुका अनुसार लगनखेल बसपार्कलाई बसस्टपमा परिणत गरेपछि त्यस क्षेत्रको ट्राफिक जामको समस्या कम हुनुको साथै यात्रुहरुलाई आवतजावगत गर्न सजिलो हुनेछ ।
‘अहिले लगनखेल बसपार्कमा दैनिक औसतरुपमा दैनिक ४९४ वटा सवारी पार्किङ हुने गरेका छन् । एउटा गाडीमा यात्रु भरिसकेपछि मात्र बसपार्कबाट छुट्ने गरेको कारण धेरै सवारी नअँटेर जाम हुने गरेको थियो,’ हाछेथुले भने, ‘अब बसस्टपमा परिणत भएपछि निश्चित समयको अन्तरालमा सवारीसाधन बसपार्कबाट छुट्नुपर्ने हुन्छ । पहिले एउटै रुटका २० वटासम्म सवारी राखिने गरेकोमा अब एउटा रुटको बढीमा दुईवटा मात्र सवारी हुनेछ । यसले जाम मात्र कम नभएर यात्रुहरुको समयको वचत पनि हुनेछ ।’
यसमा यातायात व्यवसायीहरुले हरप्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाएको उनको भनाई छ ।ट्राफिक प्रहरीका अनुसार धेरै सवारी थुप्रिँदा सडकसमेत जाम हुने गरेको र दुर्घटना पनि बढी हुने गरेको थियो । यो निर्णय लागु भएपछि ट्राफिकको धेरै समस्या हल हुने विश्वास प्रहरीको छ ।
पहिले लगनखेल बसपार्कमा सवारी जम्मा भई विभिन्न स्थानमा सवारी छुट्ने गरेकोमा अब गोदावारी, भैसेपाटीजस्ता क्षेत्रहरुलाई बसपार्क बनाएर त्यहाँबाट बस छुट्ने व्यवस्था गरिने योजना अघि सारिएको छ ।
बसस्टपमा परिणत गरेपछि त्यहाँ सुधारका अन्य योजनाहरु पनि लागु गरिने छ । जसमा यात्रुहरुको सहजताका लागि बसस्टपमा होडिङ बोर्ड राखेर जाने रुटहरुको संकेत राखिनेछ । त्यसमा भाडादर र सवारी छुट्ने समयको जानकारी राखिनेछ ।
त्यस्तै, बसपार्कमा गुनासो व्यवस्थापनका लागि हेल्प डेस्क पनि स्थापना गरिनेछ । अशक्तहरुका लागि विशेष व्यवस्था गरिने पनि प्रहरीले जानकारी दिएको छ ।
हाछेथुले भने, ‘लगनखेल ऐतिहासिक स्थान भएको कारण त्यसको सुधारका लागि केही योजनाहरु पनि अघि सारिएको छ । अब त्यसक्षेत्रमा फुटपाथ पसलहरु हटाइनेछ भने फोहोर व्यवस्थापनको योजना पनि लागु गरिनेछ ।’
काठमाडौं, १८ वैशाख । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का
काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
चैत २५, काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत