विषालु रक्सीका कारण १२ जनाको मृत्यु

Local-Raksi_Onlinepana

२७ असार, लखनउ (भारत) । भारतको उत्तर प्रदेशमा घरमा बनाइएको विषादी रक्सी सेवन गरेका १२ जनाको सोमबार मृत्यु भएको छ । भारतीय मदिरा प्रयोगकर्ताहरुको यो पछिल्लो अवैध मदिरा कारोबार हो ।

उत्तर प्रदेशको प्रहरीले गत बिहीबार अवैध र विषाक्त मदिरा सेवा गरेकाहरु पेट दुखेर आत्तिएको जानकारी दिएको छ ।

“बिषालु तरल पदार्थ सेवा गरेपछि १२ जनाको मृत्यु भएको छ,” अजाम्गार्ह जिल्लाका प्रहरी प्रमुख अजय कुमार साहनीले भने ।

विषाक्त र अवैध मदिरा पदार्थ उत्पादनमा संलग्न भएको आभियोगमा २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विषाक्त रक्सी सेवन गरेका अरु चार जनाको अहिले पनि अस्पतालमा उपचार भईरहेको छ ।

अधिकारीहरुले राज्यका विछडीएका ३० ओटा ठाउँमा अनुगमन गरेर अवैध रुपमा विक्रिवितरण गर्न लागिएको ११ सय लिटर मदिरा र १० हजार लिटर अवैध रुपमा घरमै बनाइएको मदिरा नष्ट गरेको प्रेस ट्रष्ट अफ इण्डीयाले जनाएको छ ।

उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यले तीन जना प्रहरी अधिकारी सहित आठ जना जिल्लास्तरीय सरकारी अधिकारीहरुलाई निलम्वन गरेका छन । उनीहरुलाई आफ्नो जिम्मेबारीप्रति बेवास्ता गरेको दोष लगाइएको पिडिआईले लेखेको छ ।

यस्ताखाले मदिराजन्य पदार्थ भारतमा निकै धेरै प्रयोग गरिन्छ । अवैध मदिरा बोतलमा पनि पाइने गरेको छ । त्यसैले मृत्युका घटनाहरु बेला बेलामा हुने गरेको छ ।

सन् २०१५ मा मुम्बइमा मात्र एक सय जना भन्दा बढीको विषालु मदिरा सेवनकै कारण मृत्यु भएको थियो । भारतमा बार्षिक ५ अरव लिटर रक्सी खपत हुनेगरेको पाईएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित