July 7, 2017

उत्तर कोरियालाई लिएर अमेरिकाले दियो चीनलाई यस्तो चेतावनी

एजेन्सी । उत्तर कोरियालाई लिएर अमेरिकाले चीनलाई कडा चेतावनी दिएको छ । उक्त चेतावनी वैदेशिक व्यापारसँग सम्बन्धित छ । अमेरिकी राजदूतले चीनलाई चेतावनी दिँदै भने कि यदि उत्तर कोरियासँग व्यापार गरेर संयुक्त राष्ट्रको प्रतिबन्धलाई उल्लंघन गरेमा अमेरिकासँग आफ्नो बृहत व्यापारमा एक प्रकारको जोखिम उठाउनुपर्ने छ ।

प्योंगयोंगद्वारा ब्यालिस्टिक मिसाइलको सफल परीक्षणपछि सुरक्षा परिषद्को एक बैठकमा निक्की हेलीले आफ्नो कडा भाषणमा यस्तो टिप्पणी गरेका हुन् । हेलीले भनिन्, ‘यो संसार एकदमै खतरानाक बनिसकेको छ र अमेरिकाले आफ्नो विशाल सैन्य बल सहयोगीहरुको सुरक्षाका लागि प्रयोग गर्नेछ तर वैदेशिक व्यापारलाई प्राथमिकता दिइनेछ ।’

उनले भने कि संयुक्त राष्ट्रको प्रतिबन्धहरु लागू गर्न चीनमा भर पर्नुपर्छ किनकी उत्तर कोरियासँग चीनको व्यापारिक हिस्सा करिब ९० प्रतिशत छ । हेलीले भनिन्, ‘ट्रम्प प्रशासन चीन र अन्य देशहरुसँग यस्तो काम गर्नेछ तर पछिल्ला गतिविधिहरु दोहोरिनेछैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि