उत्तर कोरियाको मिसइल परीक्षणपछि अमेरिकामा खैलाबैला

missile-test

२१ असार , एजेन्सी । उत्तर कोरियाले लामो दुरीमा मार हान्न सक्ने मिसाईल परिक्षण गरे पछि अमेरिकासहितका शक्ति राष्ट्रमा खैलाबैला मच्चिएको छ ।

हिजो सामान्य मिसाइलको परीक्षण भएको दाबी गरेको अमेरिकाले आज एक महादेशबाट अर्को महादेशमा आणविक हतियारसहित मार हान्न सक्ने ईन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइलको उत्तर कोरियाले सफल परीक्षण गरेको जनाएको हो ।

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले जारी गरेको लिखित बक्तत्वमा उत्तरबाट अमेरिकालाई खतरा बढेको पुष्टि भएको उल्लेख गरेको बिबिसीले जनाएको छ । उत्तर कोरियाको पछिल्लो कदमलाई अमेरिकाले अन्तर्राष्ट्रिय सुरक्षा खतराको रुपमा ब्याख्या गरेको छ ।

विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरियाली कदमले अमेरिका तथा पुरै विश्वलाई खतरामा पारेको प्रतिक्रिया दिएका छन् । उत्तरले हिजो परिक्षण गरेको मिसाईलले यो मिसाईलले क्यानडाको पुरै भाग र अमेरिकाको अलास्कासहितको केही राज्यसम्म मार हान्न सक्ने समाचारमा उल्लेख छ ।

उत्तरले लामो दुरीमा मार हान्न सक्ने मिसाईल परीक्षण गरे पनि यसका लागि आवश्यक आणविक हतियार भने उसँग नभएको अमेरीकी दाबी छ । यसैबिच अमेरिकाले उत्तर कोरियाकोको पछिल्लो कदमको बिषयमा छलफल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालिन बैठक डाकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित