July 3, 2017

राष्ट्रपति मुनले अमेरिकासँग ‘चापलुसी’ गरेको आरोप

१९ असार, प्योङयाङ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले गत हप्ता वासिङ्टन भ्रमणका शिलशिलामो अमेरिकासँग ‘चापलुसी तथा आत्मसमर्पण’ गरेको उत्तर कोरियाले आइतबार आरोप लगाएको छ ।

उत्तर कोरियाली सरकारी दैनिक पत्रिका रोडोङ सिनममा प्रकाशित मुनको भ्रमण समिक्षामा नयाँ दक्षिण कोरियाली सरकारले “कार्यभार सम्हाल्नु पहिले कुनै प्रष्ट नीतिबिना भ्रमण गरेर अमेरिकाबाट मानसिक दवावको सामना” गर्नुपरेको बताइएको छ ।

“राष्ट्रपति मुनले अमेरिकाको पहिलो भ्रमणकै क्रममा कमजोर बिषयवस्तु सहित गएका कारण ‘चापलुसी तथा आत्मसमर्पण’ गर्नुपरेको” भनाई दक्षिण कोरियाली अधिकारीले खुलासा गरेको बताइएको छ ।

अव उनीहरूको व्यबहारले कतै अमेरिकी पक्षधर नेतृत्वको अन्त्यहुने बेलाभएको त हैन भन्ने आशङ्का उब्जाएको पूर्व राष्ट्रपति पार्क ग्युन हेको शासनसत्तालाई देखाउदै जनाइएको छ ।

वर्तमान् राष्ट्रपति मुन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको भ्रमणमा दक्षिण कोरियामा अमेरिकी सैन्य गठबन्धनलाई थप मजवुत बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । दुई नेताले उत्तर कोरियाको निरन्तरको आणविक हतियार मोहलाई लिएर प्योङयाङ विरुद्ध कडा खालको प्रतिबन्ध लगाउने विषयमा सहमति गरेको बताइएको छ ।

उत्तर कोरियाले जति नै चर्को स्वरले कुरा गरेपनि यसले आफ्नो देशलाई कुनै असर नपर्ने जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित