सेयर बजार : एक अर्ब बढीको कारोबार

काठमाडौं, १७ असार । धितोपत्र बजारमा यस साता  एक अर्ब ८५ करोड ५४ लाख ५७ हजार बराबरको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार बजार खुला रहने बिहीबार धितोपत्र दलाल सङ्घले मूल्य अभिवृद्धि कर तिर्ने वा नतिर्ने विषयमा आपत्ति जनाएपछि बजार बन्द भएको थियो । बाँकी दिनमा कुल १६० कम्पनीको ३४ लाख १४ हजार ५० कित्ता सेयर खरिद बिक्री भएको थियो ।

गत साता १६४ कम्पनीको दुई अर्ब ९६ करोड १९ लाख २० हजार रुपैयाँ बराबरका ५२ लाख ९२ हजार ६० कित्ता सेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा तीन दशमलव ९१ अङ्कले घटेर अन्तिम दिन एक हजार ५६३ दशमलव ८१ अङ्कमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा एक दशमलव ०९ अङ्कले घटेर ३३१ दशमलव ६६ अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा हिमालयन बैंक अग्रस्थानमा छ । सो बैंकको  १२ करोड ६७ लाख १० हजार बराबरको सेयर कारोबार भएको थियो ।

यस्तै कारोबार भएको सेयर सङ्ख्याका आधारमा प्रभू बैंक लिमिटेड अग्रस्तानमा थियो । सो बैंकको छ लाख ५२ हजार कित्ता सेयर कारोबार भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

गाडी भाडा वृद्धि

  चैत २५, काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको