धूमपान गरेको १० सेकेन्डमा मस्तिष्कबाट यसरी सुरु हुन्छ असर

डा. मिनल्मा पाण्डे, मुटुरोग विशेषज्ञ1659291400dr-minalma-pandey

‘स्वास्थ्यका लागि धुम्रपान हानिकारक छ’ भन्ने नारा सबैले सुनेका छन् । तर, धुम्रमानको बेफाइदातर्फ शिक्षित मानिसको पनि ध्यान जान सकेको छैन । मानिसले जतिसुकै सन्तुलित भोजन र शारीरिक व्यायाम गरे पनि यदि उसले धुम्रपान र सुर्तीजन्य पदार्थ सेवन गर्छ भने कहिल्यै स्वस्थ रहन सक्दैन।

चुरोट तथा सुर्तीजन्य पदार्थमा निकोटिन, टारजस्ता स्वास्थ्यका लागि अत्यन्तै हानिकारक रसायन हुन्छन् । निकोटिनले १० सेकेन्डमा मस्तिष्कमा असर गर्न सुरु गर्छ । निकोटिनले नशामा ‘ब्लड कल्वस’हरू बन्दै जान्छ । ती कल्वस सर्दै मस्तिष्क वा मुटुमा गए  भने आकस्मिक मृत्यु (सडेन डेथ) हुन्छ । व्यक्तिको हिँड्दाहिँड्दै, काम गर्दागर्दै, सुतेकै अवस्थामा वा जतिबेला पनि मृत्यु हुन सक्छ । निकोटिन मुटुका लागि पनि धेरै नै हानिकारक हुन्छ।

धुम्रपानले क्यान्सर हुन्छ भन्ने धेरैलाई थाहा छ, तर यसले क्यान्सरभन्दा बढी मुटु रोग निम्त्याउने सम्भावना हुन्छ । निकोटिनको कारणले कोलेस्टेरोल बढ्न थाल्छ, जसले गर्दा रगतमा अक्सिजनको कमि हुन गई हृदयघात हुने सम्भावना बढेर जान्छ । मुुट रोगको प्रमुख कारण नै धुम्रपान हो।

धुम्रपान तथा सुर्तीजन्य पदार्थ नसर्ने रोगको पनि कारण मानिन्छ । अर्को कुरा, धुम्रपानले सेवन गर्नेलाई मात्र नभई वरिपरि बस्नेलाई पनि झन् असर गर्छ । यसलाई ‘सेकेन्ड ह्यान्ड स्मोकिङ’ भनिन्छ । सेकेन्ड ह्यान्ड स्मोकिङका कारण विश्वभर बर्सेनी ६० लाखभन्दा बढी मानिसको अल्पायुमा मृत्यु हुने विश्व स्वास्थ्य संगठनले बताएको छ । चुरोटको धुँवालाई ५० प्रतिशतभन्दा बढी रसायन क्यान्सर र मुटुरोगको कारकतत्व मानिन्छन् । संगठनका अनुसार नेपालमा ५१ प्रतिशत मृत्यु नसर्ने रोगबाट हुने गरेको छ । जसमा मुटु एवं रक्तनलीसम्बन्धी रोगबाट २५, क्यान्सरबाट ११, स्वासप्रस्वाससम्बन्धी रोगबाट ५, मधुमेहबाट २ र अन्य नसर्ने रोगबाट ८ प्रतिशतको मृत्यु हुन्छ । एक तथ्यांकअनुसार विश्वमा बर्सेनी ५१ लाख मानिसको मृत्यु चुरोट सेवनका कारणले मात्रै हुन्छ ।

मानिसको शरीरमा रातो रक्तनली र निलो रक्तनलीबाट रक्त सञ्चार हुन्छ । निलो नली हामीले देख्न सक्छौं तर रातो नली देखिँदैन । धुम्रपानका कारण निकोटिनले रातो रक्तनलीहरू कडा हुन थाल्छ । जसले कोलेस्टेरोल बढ्न जान्छ । यसले शरीरमा फ्याट पनि बढ्दै जान्छ । मुटु रोगको पाँचवटा जोखिम तत्वमध्ये चुरोट र सुर्ती प्रमुख एक हो ।
चुरोट सेवन नगर्नेलाई भन्दा सेवन गर्नेलाई ११ गुणा बढी हृदयघात हुने सम्भावना हुन्छ । यसैगरी, धुम्रपान सेवन गर्नेलाई १० वर्ष पहिला नै हृदयघात हुन सक्छ । ‘ओपन हर्ट सजर्री’ गरिएका १० मध्ये ९ जना धुम्रपान गर्ने व्यक्ति पर्दछन्।

नर्भिक अस्पतालले काठमाडौंका विभिन्न २० स्थानमा एक सयजनाका दरले मुटु रोगको ‘रिस्क फ्याक्टर’मा प्रश्न–उत्तर गरेको थियो । हामीले दुई हजारमाथि गरेको अध्ययनमा ६० प्रतिशत व्यक्तिमा उच्च रक्तचाप देखिएको थियो । जसमध्ये ६० प्रतिशत व्यक्तिले धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गरेको पाइयो । यस अध्ययनबाट के स्पष्ट हुन्छ भने, धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनका कारण उच्च रक्तचापको जोखिम धेरै हुन्छ । हाल आएर क्यान्सरभन्दा पनि मुटुको रोगका बिरामी धेरै छन्।

अहिलेका युवा बाबुआमाको डरले लुकेर चुरोट सेवन गर्ने गर्छन् । लुकेर छिटोछिटो सेवन गर्दा, झन् धेरै खाने बानी बस्छ । एउटा चुरोटमा चार हजार केमिकल र चार सय टक्सिन हुन्छ । जति छिटोछिटो चुरोट सेवन गर्‍यो, त्यति छिटो केमिकल र टक्सिन शरीरभित्र जान्छ । फिल्टर भएको भन्दा नभएको चुरोट स्वास्थ्यका लागि झनै हानिकारक हुन्छ । मान्छेले चाह्यो भने चुरोट या सुर्तीजन्य पदार्थ सेवनको बानी हटाउन सक्छ । यति हानिकारक जान्दाजान्दै आफ्नो आयु छोट्याउने काम पक्कै गर्नु हुँदैन।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा