घट्यो पेट्रोल-डिजेलको मूल्य

fuel-price२ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटि्टतेल मूल्य घटाएको हो ।निगमले तीनवटै पेट्रोलियम पदार्थमा १ रुपैयाँ ५० पैसा घटाएको छ । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर १०० रुपैयाँमा पाइनेछ ।यसअघि १०१ रुपैयाँ ५० पैसा लिटरको पेट्रोलका १.५० रुपैयाँ मूल्य घटाइएको आयल निगमका प्रवक्ता सीताराम पोखरेलले अनलाइनखबरलाई जानकारी दिए ।यस्तै डिजेल र मट्टतिेल लिटरमा १.५० रुपैयाँ सस्तो भएर प्रतिलिटर ७६ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टतिेल प्रतिलिटर ७७ रुपैयाँ ५० रुपैयाँमा पाइन्थ्यो ।

एलपीजी ग्यासको मूल्य भने घटाइएको छैन । अहिले ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य घटाएर आयल निगमलाई पठाएको थियो ।त्यसैका आधारमा निगमले उच्च नाफा राख्न नहुने निश्कर्ष निकाले तेल सस्तो बनाएको पोखरेलले बताए । पुसमा मूल्य बढाएपछि तेलमा मूल्य समायोजन गरको थिएन । निगमलाई नयाँ मूल्य कायम गर्दा ७६ करोड रुपैयाँ नाफा रहनेछ ।निगमले नयाँ मूल्यअनुसार नेपालमा भारतभन्दा पेट्रोलमा ११ रुपैयाँ ५५ पैसा, मटितेलमा ११ रुपैयाँ ४० पैसा र डिजेलमा १९ रुपैयाँ ३५ कममा तेल उपलब्ध गराइरेको पोखरेलले बताए ।त्यसैकारण अहिले नेपालबाट तेल तस्करी भएर भारत जाने गरेको दावी निगमको छ । मूल्य धेरै घटाउँदा तेलको तस्करी उच्च हुने निगमका अधिकारीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

१७ जनालाई ‘पक्राउ नगर्नु’ भन्ने आदेशविरुद्ध प्रहरी पुग्यो सर्वोच्च

 आषाढ २०,काठमाडौं । ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘पक्राउ नगर्नू’ भनी सर्वोच्च अदालतले जारी

ललिता निवास प्रकरणमा ४०६ जनालाई पक्राउ गर्न अनुमति

 असार १३,काठमाडौँ। ललिता निवास जग्गा हिनामिना प्रकरणमा कूल ४०६ जना प्रतिवादीविरुद्ध प्रहरीले पक्राउ अनुमति लिएको