२ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटि्टतेल मूल्य घटाएको हो ।निगमले तीनवटै पेट्रोलियम पदार्थमा १ रुपैयाँ ५० पैसा घटाएको छ । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर १०० रुपैयाँमा पाइनेछ ।यसअघि १०१ रुपैयाँ ५० पैसा लिटरको पेट्रोलका १.५० रुपैयाँ मूल्य घटाइएको आयल निगमका प्रवक्ता सीताराम पोखरेलले अनलाइनखबरलाई जानकारी दिए ।यस्तै डिजेल र मट्टतिेल लिटरमा १.५० रुपैयाँ सस्तो भएर प्रतिलिटर ७६ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टतिेल प्रतिलिटर ७७ रुपैयाँ ५० रुपैयाँमा पाइन्थ्यो ।
एलपीजी ग्यासको मूल्य भने घटाइएको छैन । अहिले ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य घटाएर आयल निगमलाई पठाएको थियो ।त्यसैका आधारमा निगमले उच्च नाफा राख्न नहुने निश्कर्ष निकाले तेल सस्तो बनाएको पोखरेलले बताए । पुसमा मूल्य बढाएपछि तेलमा मूल्य समायोजन गरको थिएन । निगमलाई नयाँ मूल्य कायम गर्दा ७६ करोड रुपैयाँ नाफा रहनेछ ।निगमले नयाँ मूल्यअनुसार नेपालमा भारतभन्दा पेट्रोलमा ११ रुपैयाँ ५५ पैसा, मटितेलमा ११ रुपैयाँ ४० पैसा र डिजेलमा १९ रुपैयाँ ३५ कममा तेल उपलब्ध गराइरेको पोखरेलले बताए ।त्यसैकारण अहिले नेपालबाट तेल तस्करी भएर भारत जाने गरेको दावी निगमको छ । मूल्य धेरै घटाउँदा तेलको तस्करी उच्च हुने निगमका अधिकारीहरू बताउँछन् ।
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ
काठमाडौं, १८ वैशाख । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का
काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले