सिरहा, २ असार– सरकारले प्रदेश नम्बर २ मा असोज २ गते तेस्रो चरणमा स्थानीय तह निर्वाचन गर्ने निर्णय गरेपनि राष्ट्रिय जनता पार्टीले तराई मधेसमा आफ्नो आन्दोलन रोकेको छैन । शुक्रबार बिहानैदेखि तराई–मधेसका जिल्लामा राजपा कार्यकर्ताहरु बजार तथा यातायात बन्द गराउँदै हिडिरहेका छन् । राजपा कार्यकर्ताले शुक्रबार बिहानै सिरहाको गोलबजारमा प्रहरीको चढेको बसमाथि आक्रमण गरेका छन् । काठमाडौंबाट प्रहरी कर्मचारी बोकेर सिरहा गएको बसमाथि राजपा कार्यकर्ताहरुले आक्रमण गरेका हुन् ।
राजपाको आन्दोलन स्थगित हुने दावी गर्दै सरकारले बिहीबार २ नम्बर प्रदेशको निर्वाचन असोज २ गते गर्ने निर्णय गरेको थियो । प्रदेश नम्बर १, ५ र ७ मा असार १४ गते हुने मतदानका लागि उम्मेदवारी गर्ने समय पनि २ दिन पछि (असार ४ गतेका लागि) सार्न निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको थियो ।सरकारको निर्णयका विषयमा छलफल गर्न राजपाले आज केन्द्रीय नेताहरुको बैठक बोलाएको छ । बैठकले सरकारको निर्णयपछि आन्दोलन स्थगित गर्ने या जारी राख्ने भन्ने विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ ।
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ
काठमाडौं, १८ वैशाख । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का
काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले