
उनले सधै एकैखालको आन्दोलनले हुँदैन, वारपारका आन्दोलनका लागि संसदमा रहेका राजपा नेपालका सांसदहरुले राजिनामा दिएर आन्दोलनमा जानुपर्ने उनको धारणा थियो । एकातिर आन्दोलन पनि गर्ने अर्कोतिर संसदबाट भत्ता बुझ्ने कार्य गर्न नहुने तर्क गर्दै उनले संसदबाट राजिनामा दिनुपर्ने प्रस्ताव गरेको स्रोतले जनाएको छ ।
जवाफमा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संसदबाट नै राजिनामा दिने बेला अहिले नभएको उल्लेख गरे । आवश्यक पर्यो भने संसद छाड्न सकिने बताए । सविधान संशोधनको माग राखेर संसदबाट राजीनामा दिनु उचित नहुने धारणा राजपा नेपालका नेताहरुको रहेको थियो ।
सविधान संशोधनका लागि संसदीय गणितको कुरा आउँदा आफ्नो संसद पनि काम लाग्ने भएकाले संसदबाट तत्कालै राजीनामा दिनका लागि हतार नगर्ने तर्कहरु पनि नेताहरुको बीचमा भएको बताइएको छ ।
पत्रकार सम्मेलनमा यस विषयमा जिज्ञासा राख्दा उनले आवश्यक परे संसद छाड्ने काम पनि हुन्छ तर त्यसको बारेमा पछि छलफल गरिने प्रतिक्रिया दिएका थिए ।
२०७१ सालमा तेस्रो चरणको मधेश आन्दोलन शुरु गर्दा राजेन्द्र महतोले तत्कालिन आफ्ना दलका सभासद्हरुलाई सविधानसभाबाट राजीनामा दिन लगाएका थिए ।
राजिनामा दिएर काठमाडौ छाडेका सभासद्हरु प्रधानमन्त्रीका लागि भएको चुनावमा सुशील कोइरालाको पक्षमा मतदान गर्न संसद छिरेका थिए । त्यसबेला सो दलको निकै आलोचना भएको थियो । अहिलेको छ जनाको अध्यक्ष मण्डलमा महेन्द्र राय यादव मात्र संसद छन् ।
काठमाडौं, १८ वैशाख । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का
काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले