
क्षेत्रीय नाकाबन्दीका कारण अभाव बेहोरीरहेको कतारका लागि इरानले पाँचवटा विमान खाद्यान्न पठाएको छ।
इरानको मुख्य विरोधी साउदी अरेबिया सहित केही मुलुकहरुले कतारसँग सम्बन्ध तोडेका छन्।
कतारले आतंकवादलाई सहयोग पुर्याएको उनीहरुको आरोप छ, जुन कतारले अस्वीकार गर्दै आएको छ।
कतारमा आउने खाद्यान्नको चालीस प्रतिशत उसको जमिन जोडिएको छिमेकी साउदी अरेबियाबाट आउँथ्यो।
इरान एअरका प्रवक्ता शारोख नुशाबदीले समाचारसंस्था एएफपीलाई आइतबार भने, “अहिलेसम्म पाँचवटा विमानभरी फलफुल र तरकारी पठाएका छौं अर्को विमान पनि पठाउँछौं।”
ती प्रवक्ताले कतारमा माग भएसम्म सामान पठाउने बताए।
यसैबीच कतारमा रहेका साउदी अरेबिया, बहराइन र युएइका नागरिकलाई कतार छोड्न नभनिने कतारले जनाएको छ।
तर कतारको विरोध गरेका ती देशहरुले सबै कतारी नागरिकहरुलाई १४ दिन भित्र आफ्नो देश छोड्न भनेका थिए।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि