पाठेघरको अप्रेसन गर्ने क्रममा आन्द्रा काटिँदा बिरामीको मृत्यु

midat-hospital-312762015२१ जेठ, ललितपुर। ललितपुरको लगनखेलस्थित मिडाट अस्पतालमा पाठेघरको अप्रेसन गर्ने क्रममा आन्द्रा काटिँदा बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले अस्पतालमा तोडफोड गरेका छन् ।

अस्पतालमा मृतकका आफन्तहरुले विरोध प्रदर्शन समेत गरेका छन । काभ्रे बनेपाका ५३ वर्षीया राजकुमारी श्रेष्ठको पाठेघरको अप्रेसन गर्ने क्रममा आन्द्रा काटिएको हो । आन्द्रा काटिएपछि उनको मृत्यु भएको थियो ।

विरामीको आफन्तले चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन् । विरामीलाई जेष्ट १५ गते अस्पताल ल्याईएको र १६ गते अप्रेसन गरेको उनीहरुले बताएका छन् ।

ललितपुर प्रहरीले व्यवस्थापन र पीडित पक्षबीच सहमतिको प्रयास भइरहेको जनाएको छ ।

घटनाका बिषयमा अस्पताल व्यवस्थापन पक्षले कुनै जानकारी दिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित