आगो लगाएर कपाल काट्ने खतरनाक शैली

काठमाडौं, वैशाख २४ । एक भारतीय नाईले अचम्म लाग्दो तथा असामान्य तरिकाले कपाल काट्ने गरेका छन् । ती नाईले आफ्नो सैलुनमा कपाल काट्न आउने ग्राहकहरुलाई विना कैंची कपाल काटिदिन्छन् ।

उनले आफ्नो ग्राहकको कपाल आगोको लप्काले काट्छन् । टाउकोमै आगो लगाएर कपाल काट्ने असामान्य तरिकाको प्रयोग गर्ने पहिलो व्यक्ति आफु भएको उनी बताउँछन् ।

ती व्यक्तिका अनुसार कपाल काट्नुपूर्व ग्राहकको टाउकोमा एक प्रकारको प्रज्वलनशिल पाउडर लगाउनुपर्छ । त्यसपछि हातमा लाइटर राखेर विस्तारै आगो लगाएर काइँयोले आगो निभाउदै कपाल मिलाउनुपर्छ ।

डेली मेलका अनुसार हिजोआज ती नाईको सैलुनमा असामान्य तरिकाले कपाल काट्न आउनेको भन्दा हेर्नेको बढी भिड लाग्ने गरेको छ ।

ती व्यक्तिले एकपटक आगोले कपाल पोलेर काइँयोले मिलाएपछि पुनः पाउडर लगाएर आगो लगाउँछन् र काइँयोले कपाल मिलाउँछन् । यो प्रक्रिया ग्राहकको इच्छाअनुसार कपाल कति छोटो बनाउने, त्यसमा भर पर्ने उनी बताउँछन् ।

ग्राहकको सन्तुष्टिअनुसार ती नाईले प्रयोगात्मक तरिकाबाट कपाल काटेका हुन् । उनले ग्राहकले जबसम्म सन्तुष्टि प्राप्त गर्दैनन्, तबसम्म कपालमा आगो लागाउने र काइँयो मिलाउने काम जारी राख्ने बताए । उनले भने, ‘आफ्ना ग्राहकहरुमा नयाँ खालको सन्तुष्टि देख्दा खुशी लाग्छ ।’

भारतमा आगोको सहायताले विना कैँची कपाल काट्ने गरीएको अहिलेसम्मकै यो यो पहिलो घटना मानिए पनि यसअघि मैनबत्तीको सहायताले कपाल काट्ने प्रचलन भने शुरु भैसकेको छ ।

गुलवारग्स शहबाद गाँउमा रहेको दर्शाथ अफ राज मेन्स पार्लरले मैनबत्तीको सहायताले कपाल काट्न शुरु गरेको हो । यस पार्लरले विगत ६ वर्षदेखि लामो कपालहरु टुक्राउन मैनबत्तीको सहायता लिइएको उल्लेख गरेको छ । सँधै बत्ती गइरहने समस्याले गर्दा मैनबत्तीको प्रयोगले कपाल काट्ने विचार आएको पार्लरले उल्लेख गरेको छ ।

\

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि