२ वर्षको उमेरमै ४० चुरोट, भयो यस्तो हालत

एक दिनमै ४० वटा खिल्ली चुरोट पिउने एकजना २ वर्षे बच्चाको विषयमा सोसल मिडियामा समाचारहरु देख्नुभएकै होला विगतमा । उक्त बच्चा अहिले नौ वर्षको भैसकेको छ ।

इण्डोनेसियाको सुमात्रामा बस्ने आर्दी रिजल नामको उक्त बच्चाको सात वर्ष पहिले जब पहिलोपटक चुरोट पिइरहेको फोटो भाइरल बन्यो तब उक्त फोटोले दुनियालाई हैरान बनायो ।

आर्दीकी आमाका अनुसार आर्दी जब १८ महिनाको थियो तब उसका बुवाले आफुले तानिरहेको चुरोट एक सर्को आर्दीलाई पनि तान्न दिए । त्यसपछि आज, भोलि गर्दै आर्दीमा चुरोटको लत बस्यो र ऊ दिनमै ४० खिल्ली चुरोट पिउने अवस्थामा पुग्यो । चुरोटको लतले बच्चाको अवस्था गम्भीर बन्ने लक्षण देखिएपछि सरकार, स्वास्थ्य विशेषज्ञ तथा उसकी आमाले समेत आर्दीको लत छुटाउने कोसिस गरे ।

तर, आर्दीका लागि चुरोट छाड्ने कुरा सजिलो थिएन । चुरोटको लत छुटाउनका लागि उसको ध्यान खानेकुरातर्फ आकषिर्त गर्ने प्रयास गरियो । पाँच वर्षको उमेरसम्ममा उसको चुरोटको लत त निकै कम भयो तर विडम्बना फेरि उसमा धेरै खानेकुरा खाने लत बस्यो ।

आर्दीले फेरि सबैको ध्यान खिच्न सफल भए । पाँच वर्षकै उमेरमा आर्दीको सरीरको वजन सामान्य भन्दा ६ किलो बढी भैसकेको थियो । अहिले ९ वर्षको हुँदा त आर्दी निकै फरक भैसकेको छ ।

आर्दीमा फरकपना आउनुको विशेष कारण छ । एकजना बच्चा सुरुमा चुरोटको लतमा र पछि खानाको लतमा फसेर जोखिममा परेको खबर फैलिएसँगै इण्डोनेसियाको महिला ससक्तिकरण तथा बाल संरक्षण मन्त्रालयले हस्तक्षेप गर्यो ।

त्यसपछि आर्दीको परिवार तथा डाक्टर समेतको सहयोगमा उसको खन्चुवा लत छुटाइयो । पहिले दिनमा ३ बट्टा दुध पिउने आर्दी अहिले वजन घटाउनका लागि केवल माछा, फलफूल तथा सागपात मात्र खाने गर्दछ । उसको जिउ विस्तारै स्वस्थ तथा तन्दुरुस्त बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि