May 25, 2017

यसरी गर्न सकीन्छ माटोबिना पनि तरकारी खेति

u-3-300x186काठमाण्डौ । विश्वभर शहरीकरण तीव्र भएसँगै अर्बान फार्मिङको चलन निकै बढ्न थालेको छ । घरको छतमा, पार्किङ एरिया वा कुनै खालि ठाउँको प्रयोग गरी सागसब्जीको खेती गर्न थालिएको छ । यस्तो काम एक खास टेक्निकको प्रयोगबाट संभव हुन्छ । यो विधिमा मात्र २ सय वर्गफुट जति सानो क्षेत्रमा सागसब्जी उत्पादन गरिन्छ । जानकारहरुका अनुसार एकपटकको करिब डेढ लाख रुपैयाँ लगानीबाट तपाईले बर्षेनी २ लाख भन्दा बढी आम्दानी गर्न सक्नुहुन्छ ।

यो टेक्निकको मुख्य विशेषता भनेको यसमा माटोको प्रयोग नहुनु हो । यो तरिकामा बिरुवालाई अत्यावश्यक पोषक तत्व पानीको साहाराबाट सोझै बिरुवाको जरासम्म पुर्याइन्छ । टेक्निकल भाषामा यो विधिलाई हाइड्रोपोनिक्स भनिन्छ ।

माटोबिना नै छतमा सागसब्जी फलाउने अनौठो प्रविधि, आम्दानी वार्षिक २ लाख बढी

के हो यो प्रविधि ?
यो प्रविधिमा माटोको प्रयोग बिना नै सागसब्जीको खेती गरिन्छ । यसमा बिरुवालाई चाहिने पोषक तत्व पानीको माध्यमबाट जरासम्म पुर्याइन्छ । बिरुवा एक मल्टि लेयर फ्रेमको साहारामा राखिएको पाइपमा उम्रिन्छ र यसको माध्यमबाट पाइपभित्र पोषक तत्वबाट भरिएको पानीमा जरा छाडिन्छ ।

हाइड्रोपोनिक्स एक प्रविधि हो, जसलाई अलग–अलग तरिकाबाट प्रयोगमा ल्याउन सकिन्छ । तपाईले यो सिस्टमलाई आफ्नो स्तर अनुसार समेत प्रयोगमा ल्याउन सक्नुहुन्छ । यो क्षेत्रमा काम गरिरहेका कतिपय कम्पनीहरुले यो प्रविधिको प्रयोगबाट तपाईलाई आवश्यक हुने सौखको गार्डेनदेखि लिएर व्यापारिक प्रयोजनको हिसाबबाट हुने खेतीपातीका लागि समेत प्रयोग गर्न तपाईलाई सघाउन सक्छन् ।

यो प्रविधिमा काम गरिरहेको एक भारतीय कम्पनी ‘हमारी कृषि’को वेबसाइटका अनुसार उत्पादनका लागि आवश्यक एयरोपोनिक फ्रेम र टावर गार्डेन पहिला व्यवस्थापन गर्नुपर्छ । कम्पनीले बनाउने एक २ मिटर उचाईको टावरमा ४० बिरुवा लगाउन सकिन्छ । कम्पनीका अनुसार करिब ४०० बिरुवा रोप्न मिल्ने १० टावरको लागत १ लाख ५० हजारको हाराहारीमा आउँछ । यो मूल्यमा टावर, सिस्टम र जरुरी पोषक तत्व समेत सामेल छ । यदि यो सिस्टमलाई सही ढंगले प्रयोग गरियो भने त्यसपछि बिज र आवश्यक केही पोषक तत्वमा मात्र सामान्य खर्च आउँछ ।

यो १० टावर तपाईको छतमा १५० देखि २ सय वर्गफुट क्षेत्रमा सहज ढंगले खडा गर्न सकिन्छ ।

विज्ञहरुका अनुसार यो प्रविधि मानिसलाई रोजगारी दिने राम्रो उपाय हो । किनभने परम्परागत कृषि प्रणालीको तुलनामा यो प्रविधिमा राम्रो आम्दानी हुन्छ ।

पहिलो वर्ष टावर तथा संरचना तयार गर्न खर्च भए पनि दोश्रो बर्षदेखिको आम्दानी अझ बढ्नेछ । कारण, त्यसबेला बिज, बिरुवाका लागि आवश्यक पोषक तत्वका लागि मात्र खर्च हुनेछ । त्यसपछि प्रत्येक वर्ष सानो लगानीमा २ लाख बढी आम्दानी लिन सकिन्छ ।

यो टेक्निकबाट नियन्त्रित माहौलमा खेती हुन्छ । यसकारण अक्सर किसानले हाइड्रोपोनिक्सको माध्यमबाट यस्तो सागसब्जीको उत्पादन गर्छन, जसको बजार मूल्य निकै धेरै हुन्छ । यो प्रविधिमा पानी, फर्टिलाइजर, किटनाशकको खपत ५० देखि ८० प्रतिशतसम्म कम हुन्छ । यो टेक्निकबाट उत्पादन समेत ३ देखि ५ गुणासम्म वृद्धि हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी