
६ जेठ, काठमाडौं । बलरहरुले शानदार प्रदर्शन गरेपछि कोलकता नाइट राइडर्सलाई ६ विकेटले हराउँदै दुई पटकको च्याम्पियन मुम्बई इण्डियन्स इण्डियन पि्रमियर लिग क्रिकेटको फाइनलमा पुगेको छ ।
शुक्रबार सम्पन्न दोस्रो क्वालिफायरमा मुम्बईले कोलकतालाई पराजित गरेको हो । लिगको शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको मुम्बई पहिलो क्वालिफायरमा राइजिङ पुनेसँग पराजित भएको थियो ।
आइपिएलको दशौं सिजनको फाइनल मुम्बई र पुनेबीच हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा आइतबार हुनेछ ।
मा चिन्नास्वामी रंगशाला बैंगलुरुमा शुक्रबार कोलकत्ताले दिएको १०८ रनको झिनो लक्ष्य मुम्बईले १४.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । उसका लागि क्रुणल पण्ड्याले ४५ रनको अविजित पारी खेले ।
लेण्डिस सिमोन्स ३ र पार्थिव पटेललाई सुरुमै गुमाएको मुम्बईले अम्बती रायुडुलाई पनि ६ रनको व्यक्तिगत स्कोरमा गुमायो ।
तर क्रुणाल र कप्तान रोहित शर्माले चौथो विकेटका लागि ५४ रनको साझेदारी गरेपछि मुम्बईले सहज जित हासिल गरेको हो । रोहितले २४ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ता १८.५ ओभरमा १०७ रनमै समेटियो । मुम्बईका बलरहरुको धारिलो बलिङसामू कोलकत्ता निरिह बन्यो । उसका लागि सूर्यकुमार यादवले ३१ र इशांक जाग्गीले २८ रन बनाउनुबाहेक अन्यले खासै रन बनाउन सकेनन् । उसका सात ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।
बलिङतर्फ मुम्बईका करन शर्माले ४, जसपि्रत बुम्राहले ३ र मिचेल जोन्सनले २ विकेट लिए । भेट्रान बलर लसिथ मालिंगाले पनि १ विकेट लिए ।
४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिएका करण शर्मा खेलको म्यान अफ द म्याच भए । जसपि्रतले ३ ओभरमा १ मेडन राख्दै ७ रन खर्चेर २ विकेट लिए ।
समूह चरणका दुई खेल र पहिलो क्वालिफायरसमेत गरी जारी प्रतियोगितामा मुम्बईले पुणेलाई पराजित गर्न सकेको छैन । यसर्थमा फाइनल खेल मुम्बईका लागि बदला लिने अवसर हुनेछ भने तेस्रो पटक आइपिएल उपाधि हासिल गरी कीर्तिमान बनाउने अवसर पनि हुनेछ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि