मुम्बई आइपिएलको फाइनलमा, उपाधिका लागि पुणेसँग भिड्ने

Mumbai-Indians

६ जेठ, काठमाडौं । बलरहरुले शानदार प्रदर्शन गरेपछि कोलकता नाइट राइडर्सलाई ६ विकेटले हराउँदै दुई पटकको च्याम्पियन मुम्बई इण्डियन्स इण्डियन पि्रमियर लिग क्रिकेटको फाइनलमा पुगेको छ ।

 

शुक्रबार सम्पन्न दोस्रो क्वालिफायरमा मुम्बईले कोलकतालाई पराजित गरेको हो । लिगको शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको मुम्बई पहिलो क्वालिफायरमा राइजिङ पुनेसँग पराजित भएको थियो ।

आइपिएलको दशौं सिजनको फाइनल मुम्बई र पुनेबीच हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा आइतबार हुनेछ ।

मा चिन्नास्वामी रंगशाला बैंगलुरुमा शुक्रबार कोलकत्ताले दिएको १०८ रनको झिनो लक्ष्य मुम्बईले १४.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि क्रुणल पण्ड्याले ४५ रनको अविजित पारी खेले ।

लेण्डिस सिमोन्स ३ र पार्थिव पटेललाई सुरुमै गुमाएको मुम्बईले अम्बती रायुडुलाई पनि ६ रनको व्यक्तिगत स्कोरमा गुमायो ।

तर क्रुणाल र कप्तान रोहित शर्माले चौथो विकेटका लागि ५४ रनको साझेदारी गरेपछि मुम्बईले सहज जित हासिल गरेको हो । रोहितले २४ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ता १८.५ ओभरमा १०७ रनमै समेटियो । मुम्बईका बलरहरुको धारिलो बलिङसामू कोलकत्ता निरिह बन्यो । उसका लागि सूर्यकुमार यादवले ३१ र इशांक जाग्गीले २८ रन बनाउनुबाहेक अन्यले खासै रन बनाउन सकेनन् । उसका सात ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बलिङतर्फ मुम्बईका करन शर्माले ४, जसपि्रत बुम्राहले ३ र मिचेल जोन्सनले २ विकेट लिए । भेट्रान बलर लसिथ मालिंगाले पनि १ विकेट लिए ।

४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिएका करण शर्मा खेलको म्यान अफ द म्याच भए । जसपि्रतले ३ ओभरमा १ मेडन राख्दै ७ रन खर्चेर २ विकेट लिए ।

समूह चरणका दुई खेल र पहिलो क्वालिफायरसमेत गरी जारी प्रतियोगितामा मुम्बईले पुणेलाई पराजित गर्न सकेको छैन । यसर्थमा फाइनल खेल मुम्बईका लागि बदला लिने अवसर हुनेछ भने तेस्रो पटक आइपिएल उपाधि हासिल गरी कीर्तिमान बनाउने अवसर पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।