खानीखोला गाउपालिकामा नयाँ शक्तिबाट उपाध्यक्षमा महिला उम्मेद्वार

18195415_1448407718544693_1336684484_o

१७ बैशाख, काभ्रे , नयाँ शक्ति पार्टीले खानीखोला गाउपालिकाबाट बुद्दिमाया लामा लोप्चनलाई उप प्रमुखमा उठाउने भएको छ । ३० बर्षिय लामाको जन्म घर रोशी गाउपालिकाको शिखर आम्बोटे हो भने कर्म घर खानीखोला गाउपालिकाको डाँडागाउँ हो । १४ बर्षको कलिलो उमेरमै माओबादी जनयुद्दमा होमिएका लामाले जनयुद्दबाट जिवनको थुप्रै अनुभुतिहरु संगालेको सुनाउछिन ।

माओबादी क्रान्ति राजतन्त्र भत्काउन मात्र आएकाले त्यो भत्काउने काम सम्पन्न भएको र अब आर्थिक क्रान्तिको लागि नयाँ शक्ति पार्टी नेपाली राजनीतिमा उदाएको उनले बताईन । महिलाहरुको समस्या आफुलाई राम्रो सँग जानकारी भएको आफुले चुनाब जितेमा हरेक महिलाहरुलाई शिक्षा, स्वास्थ्य, रोजगार र उद्यम ब्यबसायमा अग्रसर बनाउन आफु विशेष रुपमा लागि पर्ने उनले सुनाईन । विशेष गरि खानीखोला गउँ पालीका काभ्रे जिल्लाकै दर्गम भेग र सवैले उपेक्षित गरेको क्षेत्र भएको कारण अहिले नयाँ संविधानले नै धेरै अधिकार स्थानिय निकायमा दिएकोले अव त्यो अधिकारको उच्चतम सदुपयोग गरेर यस क्षेत्रलाई समृद्ध पार्न लागिपर्ने उनले बताईन । विशेष त यस भेगका सवै महिला दिदी बहिनीको साथ आफुले पाउने र चुनाबमा विजयी हुने बताईन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

१७ जनालाई ‘पक्राउ नगर्नु’ भन्ने आदेशविरुद्ध प्रहरी पुग्यो सर्वोच्च

 आषाढ २०,काठमाडौं । ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘पक्राउ नगर्नू’ भनी सर्वोच्च अदालतले जारी

ललिता निवास प्रकरणमा ४०६ जनालाई पक्राउ गर्न अनुमति

 असार १३,काठमाडौँ। ललिता निवास जग्गा हिनामिना प्रकरणमा कूल ४०६ जना प्रतिवादीविरुद्ध प्रहरीले पक्राउ अनुमति लिएको