उत्तर कोरियामाथि आक्रमण नगर्न अमेरिकालाई चीन र रुसको चेतावनी

BigThree900x524_c1-0-899-524_s885x516

एजेन्सी : उत्तर कोरियाको सवालमा अमेरिकाले गरिरहेको बक्तव्यवाजीप्रति रुस र चीन दुवैले अमेरिकालाई कडा चेतावनी दिएका छन् । शुक्रबार बसेको सयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको विषेश बैठकमा दुवै देशका प्रतिनिधिले अमेरिकाले चाल्ने गलत कमदको परिणाम भयानक हुने चेतावनी दिएका छन् ।

 यसै सुरक्षा परिषद्को बैठ्कमा बोल्दै चिनया विदेश मन्त्री ‘वाङ जी’ले पनि उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको खतरालाई बहाना बनाइ गरिने कुनै पनि किसिमको सैन्य कार्वाही आफूलाई मान्य नहुने चेतावनी दिए । उनले भने ‘शक्तिको प्रयोगले कुनैपनि समस्या समाधान हुँदैन । यस्ता कदमले झन ठूला समस्या निम्त्याउँछ । ‘

अमेरिकाका विदेशमन्त्री ‘रेक्स टेलरसन’ले सुरक्षा परिषदलाई सम्बोधन गर्दै उत्तर कोरिया विरुद्धको कारवाहीमा सहयोग गर्न अन्राष्ट्रिय समुदायसँग आग्रह गरेका थिए । उनले चीनले उत्तर कोरियामाथि रहेको आफ्नो प्रभावको प्रयोग गरेर उत्तर कोरियाको बिनाशक हतियार नष्ट गर्न दवाव दिनुपर्ने धारणा व्यक्त गरे । टेलरसनले चीनले पनि उत्तर कोरियामाथि व्यापर, सहयोग लगायतका कुरामा प्रतिबन्ध लगाउनु पर्ने कुरातर्फ संकेत गर्दै उत्तर कोरियाको व्यालेष्टिक मिसाइल कार्यक्रमलाई निस्तेज पार्नका लागि उसलाई व्यापक दवाव सिर्जना गर्न अभियान चलाउनु पर्ने मागे गरे ।

टेलरसनले अगाडि भने, ‘संसारको सुरक्षा खतरासँग जोडिएको यस मुद्दामा अहिले कारवाही गर्न रोकिए यसको परिणाम विनाशकारी हुन्छ ।’ ,दक्षिण कोरिया र जापानमाथि उत्तर कोरियाद्वारा परमाणु हमला गर्ने खतरा निकै रहेको र उसले अमेरिकी इलाकामा समेत आक्रमण गर्न सक्ने गरी शक्ति विस्तार गरिरहेकाले यस कार्यमा उसलाई रोक्नु जरुरी छ ।’
सुरक्षा परिषदमा टेलरसनले भने ‘अनेकौं प्रतिबन्ध र चेतावनीलाई उत्तर कोरियाले वेवास्ता गर्दै आएकाले उसमाथि नयाँ किसिमको दवाव सिर्जना गर्न खतरनाक बाटो अपनाउने समय आएको छ ।’

उत्तर कोरियाले कुनै कदम चाल्नु अगावै उसमाथि कारवाही गनुपर्ने भएकाले त्यसका लागि सहयोग गर्न टेलरसनले अन्तराष्ट्रिय समुदायलाई आग्रह गरे।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि