चाणक्य नीतिमा यस्ता स्त्रीसँग विवाह गर्दा पुरुषलाई हुन्छ ठूलो हानी

मानव जीवनमा सुधार ल्याउने उदेश्यले आचार्य चाणक्यले चाणक्य नीति र चाणक्यनीतिशास्त्र ग्रन्थको रचना गरेका थिए । यी ग्रन्थमा भएका सुत्र र नियमको सही रुपमा पालना गरेमा मानव जीवनमा प्रगति र समृद्धि प्राप्त हुने धारणा छ ।chanakya_niti_1_146563040

चाणक्य नीतिमा पुरुष, महिला, बच्चा, बृद्ध लगायत सबैको बारेमा जानकारी मिल्दछ । ग्रन्थमा मित्र, शत्रु र मानवीय सम्बन्धका बारेमा गहिरो अध्ययन पाइन्छ ।

आचार्य चाणक्यको यस ग्रन्थमा धेरै नीति, सुत्रको व्याख्या पाइन्छ । महिलाहरुको बिषयमा आचार्य चाणक्यले बताएका कुराहरु निकै महत्वपूर्ण रहेका छन् । महिलाहरुको स्वभाव, उनीहरुको सोच, ब्यवहारका बारेमा आचार्यले गहिरो अध्ययन गरेका छन् ।

महिलामाथि चाँडो विश्वास गर्नु हुँदैन भनेका छन् चाणक्यले । उनको यस कुरामा धेरैको विमति पनि हुनसक्छ । तर चाणक्यले दिएको तर्कले उनको कुराप्रति विश्वस्त हुन सकिन्छ ।

चाणक्यका अनुसार महिलाको स्वभावमा यस्तो लक्षण पाइन्छ जुन विश्वास गर्न गाह्रो हुने गर्छ । महिलाले कुनै पनि कुरा लामोसमयसम्म मनमा राख्न नसक्ने चाणक्यको तर्क छ । चाणक्यले निम्न प्रकारका महिलामाथि विश्वास र विवाह गर्न नसकिने बताएका छन् ।

आचार्य चाणक्यले भनेका छन्– ‘वरयेत् कुलजां प्राज्ञो विरुपामपि कन्यकाम् । रुपशीलां न नीचस्य विवाहः सदशे कुले ।’ यस श्लोकका माध्यमबाट आचार्य चाणक्यले कुन स्त्रीसँग विवाह गर्न हुने र कुन स्त्रीसँग विवाह गर्न नहुने भनि प्रष्ट पारेका छन् ।

स्त्रीको सुन्दरता आचार्य चाणक्यले स्त्रीको सुन्दरतालाई गौण मानेका छन् । यदि कोही पुरुष स्त्रीको सुन्दरता देखेर विवाह गरेमा पुरुषको गल्ती हुने बताएका छन् । र, त्यस्ता पुरुषलाई मूर्खको संज्ञा दिएका छन् ।

स्त्रीको संस्कार

विवाहको लागि स्त्रीको संस्कार, स्वभाव, लक्षण र गुण– अवगुणको बारेमा जानकारी लिनु पर्ने ग्रन्थमा उल्लेख पाइन्छ । यी सबै कुरामा ध्यान दिन सकेमात्रै स्त्रीको विवाहको बारेमा निर्णय गर्नुपर्ने आचार्यले उल्लेख गरेका थिए । अन्यथा सुन्दरताका नाममा गलत स्त्रीको छनौटबाट परिवारमा दुःख आउन सक्ने उनको तर्क छ ।

आचार्य चाणक्यले ग्रन्थमा स्त्रीको संस्कारलाई विशेष महत्व दिएका छन् । राम्रो संस्कार भएको स्त्रीको कारण घर स्वर्ग जस्तै हुने र पूरै परिवारको रेखदेख हुने चाणक्यले ग्रन्थमा उल्लेख गरेका छन् । नराम्रो संस्कार भएका महिलाको कारण घर बिग्रन सक्ने खतरा समेत हुने सक्ने उनको धारणा छ ।

स्त्री सुन्दर नभएपनि राम्रो संस्कारको स्त्री भएमा परिवारको भविष्य सुन्दर हुन्छ । धर्ममा विश्वास नगर्ने महिलाले परिवार सम्बन्धमा पनि अविश्वास गर्ने सम्भावना रहन्छ । त्यस्ता स्वभाव भएका स्त्रीबाट परिवार बिग्रने खतरा रहने आचार्यले ग्रन्थमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ