राति सुतेका मान्छे बिहान मृत भेटिने एउटा यस्तो कारण  

राति सुतेको बेला छेउमै घुर्ने मान्छे हुँदा कति हैरान हुन्छ भन्ने कुरा सायद सबैले भोगेका हुन्छन्। आफूले घुर्ने गरेको आफैँलाई उतिसाह्रो हेक्का नभए पनि छेउमा सुतेका अरुले त्यसबारे बताउँछन्। निद्रामा घुर्ने समस्याबाट पीडितहरु कसरी घुर्न छाड्ने होला भन्ने चिन्ताग्रस्त हुन्छन्। तर, यसलाई ठूलो समस्याका रुपमा लिँदैनन्।

 

घुर्नुका धेरै कारण हुन्छन्। त्यसमध्ये एउटा हो ‘अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोम’। सबैभन्दा डरलाग्दो कुरा, राति सकुशल सुतेका मानिस बिहान मृत अवस्थामा भेटिनुको एउटा कारण अब्स्ट्रक्टिभ स्लिप एप्निया हुन सक्छ।

विदेशमा गएका नेपालीहरु राति सकुशल सुतेर बिहान मृत अवस्थामा भेटिने गरेका घटनाहरु हामीले प्रसस्त सुनेका छौँ। यसको प्रमुख कारणमध्ये एउटा अब्स्ट्रक्टिभ स्लिप एप्निया पनि हुन सक्छ। यो रोगका कारण पनि मानिसमा घुर्ने समस्या देखिएको हुन सक्छ। जसले मानिसको स्वास्थ्यमा दीर्घकालीन रुपमा असर पार्ने मात्र होइन ज्यानै पनि लिन सक्छ।

के हो अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोम?

अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोम भन्नाले सुत्दाखेरि श्वास्प्रश्वासमा अवरोध आउने वा श्वासनली ‘कोल्याप्स’ हुने समस्या हो। जसले गर्दा शरीरका अन्य भागमा अक्सिजन जाने प्रक्रियामा अवरोध आउँछ।

अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोमका कारण हृदयघात र पक्षघात हुन सक्छ। त्यति मात्र होइन, यो समस्याले गर्दा मोटोपन भएकाहरुमा सुगर नियन्त्रण नहुने, उच्च रक्तचाप भएकाहरुको रक्तचाप नियन्त्रणमा नआउने जस्ता समस्या देखिन्छ। यो रोगले बिरामीमा ‘डिप्रेसन’ हुने, आत्तिनेजस्ता गम्भीर समस्या पनि निम्त्याउँछ।

कस्ता मानिसलाई हुन सक्छ अब्स्ट्रक्टिभ स्लिप एप्निया

मोटोपना भएकाहरुः मोटोपना भएकाहरुमा फ्यारेङ्स (घाँटीमा रहेको एक नली) को मुख साँघुरो हुँदै जान्छ र श्वासप्रश्वासमा अवरोध आउँछ।

घाँटीको लम्बाइ छोटो भएकाहरुः छोटो घाँटी भएकाहरुमा सुत्दाखेरि जिब्रो सजिलैसँग पछाडि गएर श्वासनलीलाई बन्द गरिदिन्छ र श्वासप्रश्वासमा अवरोध आउने हुन्छ।

नमिलेका दाँत र तलको चिउँडो सानो भएकाहरुः दाँत अत्यन्तै नमिलेका र तलको चिउँडो सानो भएका व्यक्तिको सुत्ताखेरि मुखको खुल्लापन बिग्रेको हुन्छ र सास फेर्न गाह्रो हुन्छ।

मुटु/किड्नीका बिरामीहरुः मुटु र किड्नीका रोगीहरुमा अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोम हुने सम्भावना उच्च हुन्छ।

धूमपान र मध्यपान गर्नेहरुः धूमपान र मध्यपान गर्नेहरुलाई पनि अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोम हुने सम्भावना हुन्छ।

अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोमका लक्षणलाई दुई प्रकारले बुझ्ने गरिन्छ।

रातिका लक्षणहरु

१. ठूलो आवाजसहित लगातार घुर्नु,

२. समय-समयमा सास रोकिएको महसुस हुनु,

३. निस्सासिनु तथा सास फेर्न जोड गर्नुपर्ने अवस्था आउनु,

४. निद्रामा छटपटिनु,

५. पटक-पटकको शौचालय जानुपर्ने अवस्था आउनु।

दिनका लक्षणहरु

१. बिहानीपख टाउको दुख्नु,

२. दिउँसो निद्रा लाग्नु,

३. एकाग्रता नहुनु,

४. झर्को लाग्नु ।

उपचार

असामान्य श्वासप्रश्वास भए/नभएको मूल्यांकन साधारण विधिबाट गर्न सकिन्छ। यसका लागि एक रातको निद्रा प्रयोगशालामा परीक्षण गर्न सकिन्छ। त्यस्तै, आफूसँगै सुतेका व्यक्तिको घुर्ने मात्र होइन केही समय शास पनि अड्किने गरेको छ भने तुरुन्तै चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ।

अब्स्ट्रक्टिभ स्लिप एप्निया भए/नभएको पत्ता लगाउन ‘एप्निया हाइपोनिया इन्डेक्स’ (एएचआई) जाँच गर्नुपर्ने हुन्छ । एक घन्टामा शासको नली कतिचोटि कोल्याप्स भयो भनेर नाप्ने विधिलाई एएचआई भनिन्छ। सामान्यतया ५ देखि १५ पटकसम्म शासनली कोल्याप्स हुनुलाई मन्द, १५ देखि ३० सम्मलाई मध्यम र ३० भन्दा बढीलाई कडा प्रकृतिको समस्याका रुपमा लिइन्छ।

असमान्य श्वासप्रश्वासको समस्याको उपचारबाट समाधान निकाल्न सकिन्छ। यसको उपचार प्रक्रिया अब्स्ट्रक्टिभ स्लिप एप्निया भएको पुष्टि भएपछि मात्र सुरु गरिन्छ। अब्स्ट्रक्टिभ स्लिप एप्निया भएको पत्ता लागेमा ‘सिप्याप’ प्रविधिको प्रयोग गर्नुपर्ने हुन्छ। सिप्याप प्रविधिले निद्राको समयमा मास्कको प्रयोग गरी मानिसको नाक मुखबाट नियमित हावा प्रवाह गर्दै माथिल्लो वायुमार्गमा हुने रोकावटलाई हटाउँछ। नियमित सिप्यापको प्रयोगले स्लिप एप्निया सिन्ड्रोम घटाउन मद्दत पुग्छ।

बच्ने उपाय

१. तौल सन्तुलनमा राख्ने,

२. धूमपान र मध्यपान नगर्ने,

३. नियमित व्यायम गर्ने (कम्तिमा ४० मिनेट, हप्तामा पाँच दिन)

४. बिहान योगा गर्ने,

५. सुत्ने कोठामा टिभि नराख्ने,

६. सुत्ने र उठ्ने एउटै तालिका बनाउने,

७. सुत्नुभन्दा तीन घन्टाअघि खाना खाने,

८. सुत्दा उत्तानो परेर नभई देब्रे र दाहिने कोल्टे परेर सुत्ने,

९. निद्रा लागे मात्र सुत्ने।

प्रस्तुतिः पारसविक्रम शाही

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,