एउटा रसगुल्लाको विवादमा बिहे नै रद्द

बेहुला बेहुली जग्गेमा बसिसकेपछि पनि केही विवाद निस्किएर बिहे नै रद्द भएका घटना कहिलेकाहीँ सुनिन्छन् । यसरी बिहे रद्द गराउने घटना मामूली भने हुँदैनन् र कारण पनि ठूलै हुन्छन् । तर छिमेकी देश भारतमा चाहीँ एउटा रसगुल्लाको विवादमा भैरहेको बिहे नै रद्द भएको छ ।

घटना भारत उत्तर प्रदेशको हो । एउटा अतिरिक्त रसगुल्लाको विवादमा बेहुला र बेहुली पक्षबीच झगडा हुँदा बिहे नै रद्द भएको हो ।

घटना गत अपि्रल १४ गतेको हो । उन्नाओ जिल्लास्थित कुर्मापुर गाउँका शिव कुमारको छिमेकी गाउँकी एक युवतीसँग बिहे हुँदै थियो । शिव कुमार जन्ती सहित बेहुलीको घर पुगिसकेका थिए । तर जब जन्तीले खाना खाने बेला भयो तब स्थिति असामान्य बन्यो ।

सबै जन्तीलाई एक एक वटा गुलियो रसगुल्ला खुवाउनका लागि बेहुलीपक्षका एक जना भान्छे खटिए । तर बेहुलाका भतिजले एउटा मात्र नभै दुईवटा रसगुल्ला लिए । यसरी नियम विपरित दुईवटा रसगुल्ला खाएकेा विषयमा रसगुल्लाको जिम्मा लिने व्यक्ति र जन्ती पक्षबीच भनाभन भयो र यसले ठूलो विवादको रुप लियो ।

तत्काले उक्त ठाउँ लडाइँ मैदानमा परिणत भयो । जन्तीतर्फका मानिसहरुले दुलही पक्षका नातेदारलाई कुटपिट गर्न थाले । बेहुला र बेहुली दुबैका बावुहरुले घटना साम्य पार्ने कोसिस गरे तर उनीहरुको केही लागेन । जन्तीहरुले बेहुलीका बाबुलाई पनि कुटपिट गरे ।

रसगुल्लाको विवादमा भएको लडाइँले उग्र रुप लिएपछि घटनालाई नियन्त्रणमा लिनका लागि पुलिसलाई नै बोलाउनु पर्यो ।

विवादलाई साम्य पारेर बिहेलाई पुनः अघि बढाउन पञ्चायत पनि बस्यो । तर पञ्चायतले कुरा मिलाउन सकेन । जन्तीले आफ्नो बुवालाई कुटेको घटनाबाट बेहुली आक्रोसित भइन् र आफुले बिहे नगर्ने घोषणा गरिन् । उनीसँग दुबै पक्षले अनुरोध गरेपनि उनी बिहेका लागि राजी भइनन् । अन्ततः बिहे नै रद्द गर्नुपर्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त