नक्कली नोट बजारमा छ्याप्छ्याप्ती

पोखरामा पाँच सय रुपैयाँ दरका नक्कली नोट बाक्लै फेला पर्न थालेका छन्। पछिल्लो समय नक्कली नोट छ्याप्छ्याप्ती फेला पर्न थालेको राष्ट्र बैंकको यहाँस्थित कार्यालयले जनाएको छ। गिरोहले नक्कली नोटको ठूलो परिमाण बजारमा ल्याएको हुन सक्ने केन्द्रीय बैंकको अनुमान छ। आजको नागरिकमा खबर छ ।nakalinote-fakenote

राष्ट्र बैंक पोखराका कामु निर्देशक बृहस्पति अधिकारीका अनुसार गत माघ १३ गतेबाट पाँच सय रुपैयाँ दरका नक्कली नोट फेला पर्न थालेका थिए। शुक्रबार र आइतबार ७–७ वटाका दरले नक्कली नोट विभिन्न बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा बुझाएका छन्।

‘करिब तीन महिना अवधिमा पाँच सय रुपैयाँ दरका करिब एक सय थान नक्कली नोट राष्ट्र बैंकमा आइसकेका छन,’ अधिकारीले भने, ‘सुरुमा केही दिनको अन्तरमा यस्ता नोट फेला परेका थिए। अहिले दिनहुँ आउन थालेका छन्। यतिधेरै नक्कली नोट बजारमा आउनु डरलाग्दो हो।’ चैत र वैशाखमा नक्कली नोट बढी फेला परेको उनले बताए।

अधिकारीका अनुसार घ/२०–६७९७४६ र घ/२०–७९९७४६ सिरिजका नोट बजारमा भेटिएका छन्। ‘नक्कली नोटमा उल्लेख गरिने नम्बरमा पछिल्लो चारवटा अंक मिलेका छन्। सुरुका दुई अंक फरक रहे पनि त्यसपछिका सबै अंक मिलेका छन्,’ उनले भने, ‘भेटिएका नोट हेर्दा ठूलो संख्यामा नोट बजारमा आएको हुन सक्छ।’ केही एक हजार रुपैयाँ दरका नोट फेला परे पनि ती न्यून रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ