दक्षिण भारतमा सडक दुर्घटना, तेह्रजनाको मृत्यु

भारत । दक्षिण भारतको आन्द्र प्रदेशमा प्रहरी चौकी नजिकै प्रदर्शन गरिरहेका किसानहरुको समूहमा शुक्रबार एउटा ट्रक जोतिँदा कम्तीमा १३ जना प्रदर्शनकारीको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । घटनामा करिब २० व्यक्ति घाइते भएका छन् । उनीहरुको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार प्रदर्शन गरिरहेको ठाउँ नजिकै ट्रक चालकले नियन्त्रण गुमाउँदा उक्त ट्रकले नजिकैको बिद्युत्को खम्बामा ठक्कर खाएपछि ट्रक प्रदर्शनकारीतर्फ मोडिएको बताइएको छ ।

 घटना चालकको लापरवाहीका कारण भएको एक प्रहरी अधिकारीले आफ्नो नाम नबताउने सर्तमा बताए । चालकले मादक पदार्थ सेवन गरेको वा के कारणले दुर्घटना हुन पुगेको हो सो सम्बन्धमा अनुसन्धान जारी रहेको बताइएको छ । भारतीय समाचार संस्था (पीटीआई) ले ट्रकले प्रदर्शकारीलाई ठक्कर दिएपछि चालक घटनास्थलबाट फरार रहेको जनाएको छ ।

उक्त अवसरमा स्थानीय किसानले गैरकानुनीरुपमा बालुवा उत्खनन् गरेको विरोधस्वरुप प्रदर्शन गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति खेद प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुका परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । यसैवीच आन्द्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले मृतकका परिवारजनलाई भारु पाँच लाख बराबरको राहतको घोषणा गर्नुभएको छ ।

भारतमा कमजोर सडक संरचना तथा चालकको लापरवाहीलगायतका कारण बर्सेनि एक लाख ५० हजार मनिसको मृत्यु हुने गरेको तथ्याङ्क छ । यही बुधबार उत्तर भारतमा भएको एउटा बस सडकबाट खस्दा ४४ जनाको मृत्यु भएको थियो । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि