चिनियाँ अपराधकर्मी पक्राउ

म्याड्रिड । विभिन्न अपराधमा संलग्न रहेको आरोपमा २५ जना चिनियाँको एक अपराधी समूहलाई उत्तरपूर्वी स्पेनको क्याटोलिना क्षेत्रीय प्रहरी कार्यालयले पक्राउ गरी हिरासतमा लिएको छ । यस अपराधी समूहद्वारा जबर्जस्ती बेश्यावृत्तिमा लाग्न बाध्य बनाइएका २२ जना चिनियाँ युवतीलाई पनि प्रहरीले मुक्त गराएको छ ।

 क्षेत्रीय प्रहरी कार्यालयले आज एक विज्ञप्ति प्रकाशित गरी क्याटोलिनाको क्षेत्रीय राजधानी बार्सिलोना र निकटवर्ती इलाकामा अबैध बेश्यालय सञ्चालन गर्न गराउन यही अपराधी समूहको भूमिका रहेको जनाएको छ । प्रहरीले यस समूहलाई फुजियन ग्याङ्ग भन्ने नामकरण गरेको र यस ग्याङ्गका सबै बदमासलाई अप्रिल १० तारेखदेखि नै पक्राउ गर्न खोजिरहेको थियो ।

यो अपराधी समूहले नगरमा अबैध बेश्यावृत्ति सञ्चालन, लागुपदार्थ ओसारपसार तथा बेचबिखनलगायत विभिन्न अपराध गर्दै गराउँदै आएको समेत स्पेनिस प्रहरीले आरोप लगाएको छ । यही अपराधी समूहका बदमासले अन्य मुलुकमा रहेका सीधासादा चिनियाँ युवतीहरूलाई ललाई फकाई, उनीहरूबाट पैसा लिई नक्कली कागजतपत्र बनाई स्पेन छिराउने र अन्ततः बेश्यावृत्ति वा अन्य प्रकारका यौन धन्दामा लगाउने गरेका थिए ।

ती सीधासादा चिनियाँ युवतीहरूलाई १५ हजार युरो (१६ हजार अमेरिकी डलर) ठगेको आरोप पनि स्पेन प्रहरीले यिनीहरूमाथि लगाएकोमा स्पेनको एउटा स्थानीय अदालतमा मुद्दा सुनुवाई हुँदा यीमध्ये ११ जनालाई काराबासको सजाय तोकिएको थियो । तीमध्ये बाँकी १४ जनाको राहदानी जफत गर्नुका साथै सामान्य जरिवाना तिराई प्रहरी हिरासतबाट मुक्त गरिएकोसमेत जनाइएको छ । –एपी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण

लुम्बिनीको तथ्य र सत्यको  विषयमा विश्वको ध्यान पुग्नु जरुरी: ओली

 २०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल