एजेन्सी । दुई दिन अगाडि मात्र युवा क्रिकेटर ऋषभ पंत पितृशोकमा थिए । तर उनी शोकमा पनि विचलित नभइ पिताको अन्तिम संस्कार गरेलगत्तै आफ्नो टीम दिल्ली डेयरडेविल्सको लागि खेले । यतिमात्र होइन, उनले ३३ बलको सामना गर्दै अर्धशतक समेत बनाए ।
उनले एक शानदार पारी खेलेपनि शेन वाट्शनको कप्तानी रहेको आसिबीले दिल्लीलाई १५ रनले पराजित गर्यो । दिल्ली ९ विकेटको क्षतिमा १४२ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरको पहिलो बलमा पवन नेगीको हातबाट पंत आवट हुन पुगे, जुनबेला खेल जिताउन ऋषभ नायक बन्न सक्थे । उनको उक्त शानदार पारी जितका लागि पर्याप्त हुन सकेन ।
शनिबार ऋषभले आफ्नो पहिलो बलमा नै छक्का हानेका थिए । उनी बैंगलोरविरुद्ध जमेर खेलेपनि दोस्रो खेलाडिको राम्रो साथ मिलेन ।
१९ वर्षीय पंतको पिताको बिहीबार मृत्यु भएको थियो । उनी अन्तिम संस्कार सकेर शुक्रबार टीमसँग जोडिएका थिए । बताइएअनुसार उनी अभ्यास खेलमा पनि भाग लिएका थिए ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको