
काठमाडौं, चैत २५ – नेपाल वायुसेवा निगमले अमेरिकन कम्पनी एएआरसँग दुईवटा वाइड बडी जहाज किन्ने सम्झौता गरेको छ । निगम र एएआरबिच शुक्रबार पहिलो जहाज सन् २०१८ को अप्रिलसम्म र दोस्रो १८ कै मे महिनासम्ममा ल्याउने गरी सम्झौता भएको हो । सम्झौतामा महाप्रबन्धक सुगतरत्न कंसकार र एएआरका नेपाल प्रतिनिधि दीपक शर्माले हस्ताक्षर गर्नुभयो । दुबै विमान २१ अर्ब ९० करोड रूपैयाँमा खरिद गर्ने गरी सम्झौता भएको कंशाकारले बताउनुभयो ।
नेपालको उड्ययन इतिहासमा यति धेरै रकम खर्च गरेर विमान किन्न लागिएको पहिलो पटक हो । २ सय ८० सिट क्षमताको नयाँ एयरबसमा १६ वटा बिजनेश क्लासका सिट हुनेछन् । यी जहाज आएपछि साउदीको दमाम, कोरियाको सिओल, अष्ट्रेलियाको सिड्नी र जापानको टोकियोमा उडान भर्ने तयारी नेपाल एयरलाइन्सले गरिरहेको छ ।
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब