सत्ताधारी दलको चुनावी गठबन्धन बन्न नदिने एमालेको रणनीति

Uml-Samsadiya-dal-768x424२३ चैत, काठमाडौं । नेकपा एमालेले पनि स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै साना दलसँग सहकार्यको हात बढाएको छ ।

स्थानीय तहको चुनाव नजिकिदै जाँदा एमालेले आफूविरुद्ध मोर्चाबन्दी कसिलो हुन नदिन रणनीतिक योजना बनाउँदैछ । एमालेले सत्तारुढ गठबन्धनलाई चुनावी गठबन्धनमा परिणत हुन नदिन राप्रपासँग सहकार्यको हात बढाएको हो ।

यसपटक देशभरका अधिकांश स्थानीय तहमा कांग्रेस र एमालेबीच नै तीब्र प्रतिस्पर्धा हुने देखिएको छ । तर, कांग्रेस वा एमालेमध्ये कुनलाई पहिलो बन्ने भन्नेमा माओवादी केन्द्र र राप्रपाको मत निर्णायक हुने सक्ने देखिन्छ ।

पछिल्लो समय एमालेले राप्रपासँग स्थानीयस्तरमा तालमेल गर्न सकिने गरी छलफल अघि बढाएको स्रोतले जनाएको छ । मंगलवार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष कमल थापाबीच यसै विषयमा वार्ता भएको थियो ।

एमाले र राप्रपाका नेताहरुबीचको वार्तामा आसन्न स्थानीय तहको निर्वाचनमा देशभक्त र राष्ट्रवादी शक्तिहरु एक ठाउँमा उभिनुपर्छ भन्ने कोणबाट छलफल भएको छ । यो भनेको स्थानीय तहमा एमाले र राप्रपा मिलेर जाने भन्ने नै हो ।

तर, दुवै पार्टीका नेताहरुले चुनावी तालमेलको विषय अहिले नै परिपक्क नबनेको बताएका छन् । भेटमा सहभागी एमाले स्थायी समिति सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले वैशाख ३१ मा स्थानीय चुनाव सुनिश्चित गर्नका लागि छलफल भएको बताए ।

उनले देशलाई माया गर्ने शक्तिहरु स्थानीय चुनावमा एकठाउामा उभिनुपर्ने अवस्था रहे पनि अहिले नै त्यसबारे बोल्ने बेला नआएको बताए । नेम्वाङले भने, ‘अहिलेको मुख्य विषय चुनाव जसरी पनि गराउनुपर्छ भन्ने हो । यसका लागि हामी सरकारलाई जुनसुकै सहयोग गर्न तयार छौं ।’

एमाले – राप्रपा एकअर्काको साथ खोज्दै

राप्रपा सत्तारुढ दल हो । तर, उसले चुनावी सहकार्यका लागि भने प्रमुख विपक्षी दल एमाले रोजेको छ । मंगलबार दुई दलका शीर्ष नेताहरुबीच भएको छलफल सहकार्यमै केन्द्रीय रहेका नेताहरुले बताएका छन् ।

छलफलमा राप्रपाले देशभर नभई जिल्लागत रुपमा तालमेल गर्ने मनसाय देखाएको छ । एमाले नेतानहरुले पनि पनि एकले अर्काको सहयोग लिएर दुवैले जित्ने अवस्था भएका ठाउँमा तालमेल गर्न सकिने बताएका छन् ।

राप्रपाका एक नेताले भने-एमाले हाम्रो बलमा पहिलो शक्ति बन्न चाहन्छ र हामीलाई पनि प्रमुख शक्ति बन्न कसै न कसैको साथ चाहिएको छ । त्यसैले हामी एमालेसाग नजिक छौं ।’

केपी ओली सरकारमा उपप्रधानमन्त्री रहेका कमल थापाले अन्तिमसम्म साथ दिएका थिए । प्रचण्ड सरकारमा पनि नगएका थापा राप्रपासँग पार्टी एकता गरेर अध्यक्ष बनेपछि ‘चुनाव सुनिश्चित गर्न’ भन्दै सरकारमा गएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा