
चैत २३ – गएको वर्ष असम्भव मानिएको प्रिमियर लिगको उपाधि दिलाउने प्रशिक्षक क्लाउडियो रानिएरीलाई बर्खास्त गरेपछिका खेलमा राम्रो प्रदर्शन गर्दै आएको लेस्टर सिटीले त्यसलाई निरन्तरता दिएको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा लेस्टर सिटीले प्रशिक्षक क्रेग शेक्सपियरको प्रशिक्षणमा विजयी यात्रा कायम राख्यो ।
घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले सन्डरल्याण्डलाई २–० ले हरायो । उसको जितमा इस्लामा स्लेमानी र जेमी भर्डीले गोल गरे दुवै गोल दोस्रो हाफमा भएको हो । ६९ औं मिनेटमा स्लेमानीले गोल गर्दै अग्रता दिलाए । ७८ औं मिनेटमा भर्डीले गोल गर्दै २–० को जित निश्चित गरे ।
यो लेस्टरको लिगमा लगातार पाँचौं तथा समग्रमा लगातार छैटौं जित हो । जितपछि दशौं स्थानमा उक्लिएको लेस्टरको ३० खेलबाट ३६ अंक भएको छ । पुछारको सन्डरल्याण्डको ३० खेलबाट २० अंक छ । अरु खेलमा वाट्फोर्डले वेष्ट ब्रोमलाई २–० तथा बर्नलीले स्टोक सिटीलाई १–० ले हरायो ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि