
चैत २३ – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा जाल्टन इब्राहिमोविचले म्यानचेस्टर युनाइटेडलाई हारबाट जोगाएका छन् । लिग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड एभर्टनसँग १–१ को बराबरीमा रोकिएको हो । खेलको इन्जुरी समयसम्म १–० ले पछि परेको म्यानचेस्टर युनाइटेडलाई इब्राहिमोविचले गोल गर्दै हारबाट जोगाएका हुन् ।
२२ औं मिनेटमा फिल यागियेल्काले गोल गर्दै एभर्टनलाई अग्रता दिलाए । इन्जुरी समयको तेस्रो मिनेटमा एभर्टनका एस्ली विलियम्सले युनाइटेडका ल्युक शवले प्रहार गरेका बललाई लाइनबाट नियन्त्रण गर्ने प्रयास गरे र त्यसपछि उनले रातो कार्ड पाएर मैदानबाट बाहिरिए । ९४ औं मिनेटमा पाएको पेनाल्टीमा इब्राहिमोविचले युनाइटेडका लागि बराबरी गोल गर्दै हारबाट जोगाए । इब्राहिमोविचले यो सिजन युनाइटेडबाट सबै प्रतियोगितामा गरेर २७ गोल गरिसकेका छन् । जित निकाल्न नसके पनि युनाइटेडले आफ्नो अपराजित यात्रा २० पुर्याएको छ ।
युनाइटेड यो सिजन लिगका १२ खेलमा बराबरीमा रोकिएको छ । बराबरीपछि पाँचौं स्थानको युनाइटेडको २९ खेलबाट ५४ अंक भएको छ । उ चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा चार अंकले पछि छ । सातौं स्थानको एभर्टनको ३१ खेलबाट ५१ अंक भएको छ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि