काठमाडौँ । हिन्दु धर्मावलम्बिहरुले आज देशभर धुमधामका साथ दुर्गाभवानीको पूजा आराधना गरी चैते दशैं मनाउँदै छन् ।
हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन चैते दशैं मनाउने परम्परा अनुसार आजको दिनमा पनि दशैँ मनाउने गरिन्छ । धर्मशास्त्रहरुमा उल्लेख भए अनुसार वर्षमा दुईपटक चैत र असोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको छ ।
असोजमा मनाइने बडादशैं भन्दा कम महत्वको मानिए पनि आजका दिन देवीका मन्दिरहरुमा बली दिने र पूजा आराधना गर्ने गरिन्छ । यस दिन काठमाडौंका दक्षिणकाली, शोभाभगवती, गुह्येश्वरी, नक्साल भगवती, संकटा, कालिकास्थानलगायत शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लाग्छ ।
देशभरका शक्तिपीठहरुमा पनि भक्तजनहरु पूजा आराधनाका लागि जुटेका छन् । आजको दिनमा पनि आाफुले मान्ने र पुज्ने मानिसहरुलाई बडा दशैँमा झै टिकाटालो गर्ने र मिठा मिठा परिकार बनाएर खुवाउने पनि गरिन्छ ।
काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण
जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा