April 4, 2017

अमेरिकाले एक्लै उत्तर कोरियालाई तह लगाउने

पोटोम्याक फल्स (अमेरिका):

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले उत्तर कोरियालाई परमाणु कार्यक्रम नरोकेमा अमेरिका एक्लैले रोक्‍ने चेतावनी दिएका छन् । फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘चिनियाँ राष्ट्रपति सी जीङ पिङको आगामी अमेरिका भ्रमणका बेला उत्तर कोरिया बारेको मुद्दामा बहस हुनेछ ।’आजको अन्नपूर्ण पोष्टमा खबर छ।
साउथ फ्लोरिडामा सीलाई आगामी बिहीबार ट्रम्पले स्वागत गर्दै छन् । बृहस्पतिवार र शुक्रवार हुने बैठकमा सी र ट्रम्पबीच उत्तर कोरिया, व्यापार र दक्षिण चीन सागरमा उत्पन्न क्षेत्रीय विवाद समेत कैयौं मुद्दामा छलफल हुने बाइएको छ । यसका साथै उनले उत्तर कोरियामाथि चीनको विशेष प्रभाव रहेको जिकिर गरेका छन् । उनले भनेका छन्, ‘चीनले उत्तर कोरियालाई सम्झाउनुपर्छ, नत्र अमेरिका उत्तर कोरियाविरुद्ध एक्लै पनि कारबाही गर्न तयार हुन्छ ।’

ट्रम्पले चेतावनी दिँदै भने, ‘चीनले यस बारेमा हाम्रा लागि चीनले मद्दत गरेमा राम्रो हुनेछ तर नगरेमा कसैका लागि पनि राम्रो हुने छैन ।’ चीनको सहयोग नभएमा के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले आफू विगतको अमेरिका जस्तो नभएर एक्लै केही गर्न सक्ने बताए । विगतमा अमेरिकाले पश्चिम एसियामा यस्तो गर्नेछु उस्तो गर्नेछु भनेजस्तो आफूले हल्ला नगर्ने उनको भनाइ थियो ।

यस्तै अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका अनुसार उत्तर कोरिया अमेरिकाको लागि सबैभन्दा खतरा भएको ट्रम्पको भनाइ छ । यसअघि पूर्वराष्ट्रपति बाराक ओबामाले पनि उत्तर कोरिया अमेरिकाका लागि बाधक रहेको बताउँदै आएका थिए ।ह्वाइट हाउसका उपराष्ट्रिय सुरक्षा सल्लाहकार केटी म्‍याक फ्यालेन्डले समेत फाइनान्सियल टाइम्सलाई अन्तर्वार्ता दिँदै अमेरिका उत्तर कोरियामा परमाणु हमला गर्न सक्षम रहेको बताएका छन् ।
सरकार परिवर्तन सम्भव छैन: उत्तर कोरिया
प्योङयाङ : उत्तर कोरियाको सरकारी केन्द्रीय समाचार संस्था (कोरियन सेन्ट्रल न्युज एजेन्सी) ले अमेरिकी दैनिक ‘द वाल स्ट्रिट जर्नल’ द्वारा प्योङयाङको आणविक कार्यक्रम विकास नियन्त्रणका लागि अमेरिकाले सत्तापलट गर्ने भनाइको खण्डन गरेको छ ।
न्युज एजेन्सीले मार्च २७ मा उत्तर कोरियामा नेतृत्व परिवर्तन गर्न र आणविक कार्यक्रम नियन्त्रण गर्न अमेरिकी पत्रिकाद्वारा दिएको नीतिगत सुझाव ‘नालायक’ भएको जनाएको छ । उत्तर कोरियाले यस भनाइलाई अर्थहीन कुराका रूपमा लिएको बताउँदै प्योङयाङको आणविक बलसहितको सैनिक शक्ति लेबर पार्टीको केन्द्रविन्दु भएको भन्दै सबै उत्तर कोरियाली जनता यसमा एकताबद्ध रहेको समाचार संस्थाले जनाएको छ ।
यो वास्तविकतालाई अमेरिकाले बुझ्न नसकेको बताउँदै यसैकारण अमेरिकाले विगत केही दशकमा सैनिक असफलता बेहोर्नु परेको प्योङयाङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि