बीबीसी ,चैत २१ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनले साथ दिएपनि वा नदिएपनि अमेरिकाले उत्तर कोरियाको परमाणु खतरालाई हल गरेरै छोड्ने प्रण गरेका छन् ।
बेलायतको पत्रिका फाइनेन्सियल टाइम्ससँगको कुराकानीमा उनले सो कुरा बताएका हुन् । उनले भने, ‘यदि चीनले उत्तर कोरियाका मुद्दाहरुको हल गर्दैन भने हामी गर्छौं ।’
जब उनलाई के यसमा एक्लै सफल हुने सम्भावना छ त भनेर प्रश्न सोध्दा उनको जवाफ थियो, ‘पूर्ण विश्वास छ ।’
ट्रम्पले भने, ‘उत्तर कोरियामाथि चीनको निकै प्रभाव छ र चीनले यो निर्णय गनुपर्ने हुन्छ कि उत्तर कोरियाली मुद्दामा हामीलाई मद्दत गर्छ वा गर्दैन । यदि चीनले हामीलाई सहयोग गर्ने सोच बनाएको छ भने यो चीनको लागि निकै राम्रो कुरा हुनेछ र यदि चीनले सहयोग नगर्ने सोच बनाएको छ भने यो कसैको लागि पनि राम्रो हुने छैन ।’
यद्यपी, एक्लै कारवाही गर्ने प्रश्नमा उनले स्पष्ट जवाफ भने दिएनन् ।
बिहिबार चीनियाँ राष्ट्रपति शी जिनपिंगसँग उनको भेटघाट हुने कार्यक्रम तय भएको छ । भेटघाट गर्नुभन्दा पहिले ट्रम्पले यस्तो अभिव्यक्ति दिएका हुन् ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि