कुन जिल्लामा कति मतदाता ? (सूचीसहित)

२१ चैत, काठमाडौं ।  निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि १ करोड साढे ४० लाख मतदाताको नाम स्वीकृत गरेको छ ।election-commission-nepal-768x460

 

आयोगको आइतबारको बैठकले स्थानीय तह निर्वाचनका लागि तयार गरिएको मतदाता नामावलीलाई अन्तिमरूप दिने निर्णय गरेको छ । जसअनुसार स्थानीय तह निर्वाचनमा कूल मतदाता १ करोड ४० लाख ५४ हजार ४८२ छन् ।

कुलमतदानतामा पुरुष ७० लाख ६९ हजार ७१४ महिला ६९ लाख ८४ हजार ६२५ छन् भने तेश्रो लिङ्गी मतदाताको संख्या १४३ रहेको छ । २०७३ फागुन ९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका र २०७३ फागुन ९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नामदर्ता गराएका मतदाताले स्थानीय तह निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने कानूनी व्यवस्था छ ।

आयोगको तथ्यांक अनुसार सबैभन्दा धेरै मतदाता मोरङमा छ । त्यहाँ ५ लाख ६३ हजार ८७० मतदाता छ भने काठमाडौंमा ५ लाख ५९ हजार ४०० मतदाता छन् । सबैभन्दा कम मतदाता मनाङमा ५ हजार ९५ छ ।

मधेसी मोर्चासहितका दलहरुले पुनः मतदाता नामावली संकलनको माग गरेपछि आयोगले अस्वीकार गरेको छ । मतदाताको नामावली कुनै पनि ठाउँमा ठाउँ सारी नहुने तथा नाम दर्ता नगरिने आयोगले जनाएको छ ।

मतदााता नामावली स्वीकृत भएसँगै छपाइ शुरू भएको छ । मतदाता परिचयपत्र पनि आयोग परिसरमै छपाइ हुने भएको छ ।
मतदान केन्द्र पुनःनिर्धारणको कार्य सम्पन्न भएपछि स्वीकृत मतदाता नामावली केही दिनभित्रै सार्वजनिक गरिने आयोगले जनाएको छ ।

आयोगको कार्यतालिका अनुसार मतदाता नामावली र मतदाता परिचयपत्र छपाइ गरी २०७४ बैशाख १० गतेभित्र जिल्ला जिल्लामा ढुवानी गरिसक्नु पर्नेछ ।

कुन जिल्लामा कति मतदाता छन् ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा