मडेरिया – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो सर्वकालिन शीर्ष १० अन्तर्राष्ट्रिय गोलकर्ताको सूचीमा उक्लेका छन् ।
मंगलबार राती स्वीडेनविरुद्धको खेलमा गोल गर्दै उनी शीर्ष १० स्थानमा पर्न सफल भएका हुन् ।
रियल म्याड्रिडका स्टारले गत हप्ता हंगेरीविरुद्ध २ गोल गर्दै ७० औँ गोल पूरा गरेका थिए भने मंगलबार स्वीडेनविरुद्धको मैत्रिपूर्ण खेलमा गोल गर्दै गोल संख्या ७१ पुर्याएका छन् । यद्यपि खेलमा पोर्चुगल २–३ गोलअन्तरले पराजित भएको थियो ।
उनी जमर्नीका मिरोस्लाम क्लोससहित नवौँ स्थानमा रहेका छन् ।
ब्राजिलका पेलेभन्दा मात्र ८ गोलले पछि परेका छन् । युरोपियन फुटबलमा उनी क्लोससँगै तेस्रो स्थानमा पुगेका छन् । उनीअघि फ्रेन्च फुसकास ९८४ गोल० र ९सान्डोर कोस्सीस ९७५ गोल० रहेका छन् ।
उनले ७१ मध्ये ३० गोल घरेलु मैदान गरेका छन् भने २५ घरेलु मैदान बाहिर तथा १० गोल फुटबल प्रतियोगितामा गरेका छन् । यसमध्ये उनले ३ पटक ह्याट्रिक तथा एक पटक ४ गोल गरेका छन् ।उनले १२ पटक दुई गोल तथा ३३ पटक एक गोल गरेका छन् ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि